८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी

लघुवित्तको ज्यादतीः राति १२ बजेसम्म ऋणीलाई यातना

लघुवित्तको ज्यादतीः राति १२ बजेसम्म ऋणीलाई यातना
अ+ अ-

काठमाडौँ । लघुवित्त वित्तीय संस्थाहरुले घरमै पुगेर यातना दिने गरेको भन्दै ऋणीहरुले लघुवित्त खारेज गर्नुपर्ने माग गरेका छन् ।

पछिल्लो समय लघुवित्तका कारण गाउँमा बस्ने महिलाहरु असुरक्षित महशुस गर्नुका साथै तराईका जिल्लाहरुमा ऋणीहरु यातना खेप्न बध्य भएका हुन् ।

लघुवित्तहरुले ऋण तिर्न नसकेको भन्दै मध्यरातमा घरमै पुगेर यातना दिने गरेको र लघुवित्तकै कर्मचारीले ऋणको दुरुपयोग गरी मिटर ब्याजमा पैसा लगाउने गरेको पीडितहरुले बताए । लघुवित्तको कर्मचारी भन्ने तर लघुवित्तको ऋणको दुरुपयोग गरी गाउँघरमा महिलाहरुलाई मिटर ब्याजमा पैसा लिन प्रोत्साहन गर्ने काम भइरहेको पीडितहरुको आरोप छ ।

गाउँघरमा लघुवित्त संस्थाका कर्मचारीले शुरुमा समूह निर्माण गर्ने जतिसुकै संस्थाबाट पनि ऋण लिन सकिने तर किस्ता भने नियमित तिर्नुपर्ने भन्दै ऋण लिन प्रोत्साहन गर्ने गरेका छन् । लघुवित्तहरुले ऋण तिर्न नसक्नेहरूको नाम पत्रिकामा छापिदिने, कर्मचारीलाई मध्यरातमा समेत ऋणीहरुको घरमा पठाउने र कर्मचारीहरुले मानसिक र शारीरिक यातना दिने गरेको बताए । किस्ता तिर्न नसक्दा लघुवित्तले हरेक वर्ष ब्याजसमेत सावाँमा जोडेर नयाँ ऋण बनाउने गरेको उनीहरुले बताए ।

सोमवार काठमाडौंमा भएको एक कार्यक्रम महोत्तरीकी लघुवित्त पीडित पुनमकुमारी महतोले २०७२ सालदेखि लघुवित्त र मिटर ब्याजीको समस्या खेप्नुपरेको बताउनु भयो । उहाँले पछिल्लो समय तराईका जिल्लाहरुमा मिटरब्याजी साहुहरुले महिलाहरुलाई सडकमा निर्वस्त्र बनाएर कुटपिट गरेको गुनासो गर्नुभयो ।

उहाँले तराईमा लघुवित्तको कारण महिलाहरु घर बस्न समेत नसकेको बताउनु भयो । उहाँले लघुवित्तका कर्मचारीहरु रातिसमेत घरमा गइ शरीरमा थुक्ने, शरीर व्यापार गरेर भएपनि ऋण तिर् भन्दै यातना दिने गरेको दुःखेसो गर्नुभयो । उहाँले लघुवित्तले ऋण तिर्न नसक्ने महिलाहरुलाई शौचालयमा थुनिदिने गरेको बताउनु भयो । उहाँले लघुवित्तहरुले घरमा ताल्चा लगाएकाले धेरै महिलाहरु घरबार बिहीन हुनुपरेको समेत बताउनु भयो । उहाँले घरमा आमा बुबाको वृद्धभत्ताको पासबुक लगेर पैसा निकालेर लघुवित्तले मनोमानी खाने गरेको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो,‘सिराहको गोलबजारमा लघुवित्तका कर्मचारीहरुले आफैँ मिटर ब्याजमा पैसा लगाएर ५ हजारको महिनामा १ हजार लिने गरेको छ । लघुवित्तको कर्मचारी भएर बस्ने तर लाखौं रुपैयाँ मिटर ब्याजमा लगाउने गरेको छ । लघुवित्त र मिटर ब्याजीको समस्यामा हामी २०७२ सालदेखि पिडामा छौं । मिटर ब्याजीहरुले महिलाहरुलाई चोकचोकमा लगाएरको सारी खोलेर कुट्छन् । तराईका गाउँमा महिला दिदी बहिनीहरु लघुवित्तको कारण बस्न सकेका छैनन् ।

लघु वित्तका कर्मचारीहरु रातीको ९ बजेपछिसम्म चुलोको पछाडि खाना बनाउने ठाउँमा बस्छन् । शरीरमा थुक्ने गर्छन् । झुन्डिएर,बिस पिएर मर भन्ने गर्छन् । शरीर व्यापार गर् भन्छन् । के हामी यो देशको नागरिक होइन ? यो देशमा बस्ने अधिकार हामीलाई छैन ? लघुवित्तले ऋण तिर्न नसक्ने महिलाहरुलाई शौचालयमा थुनिदिन्छ । मेरो घरमा बसेर जे भन्छु त्यही गर् भन्छन् । लघुवित्त संस्थाहरुले कर्मचारी राखेको हो की तानाशाह राखेको हो ? धेरै महिलाहरु लघुवित्तको कारण गाउँ छाडेर भागिसकेका छन् । लघुवित्तहरुले घरमा ताल्चा मार्ने गरेको छ । घरमा आमा बुबाको वृद्धभत्ताको पासबुक लगेर पैसा निकालेर लघुवित्तले खाने गरेको छ । शुरुमा पाँच वटा लघुवित्त समूहमा थिए ।’

त्यस्तै,अर्को सिराहाकी सुनिता विश्वकर्माले लघुवित्त संस्थाबाट लिएको १ लाख ५० हजार ऋण पाँच वर्षसम्म तिर्दा पनि अहिलेसम्म नसकिएको बताउनु भयो । उहाँले ११ वटा लघुवित्त समूहबाट ऋण लिएको बताउनु भयो । उहाँले आफूले एउटामा ३० र अर्कोमा ४० हजार रुपैयाँ ऋण तिर्न भएपनि लघुवित्तले १ लाख नै रहेको भन्दै तत्काल तिर्न दबाब दिँदै आएको बताउनु भयो । उहाँले लघुवित्तका कर्मचारीहरु ऋण उठाउनको लागि बिहान १० बजेदेखि बेलुका १० बजेसम्म घरमा नै बस्ने गरेको बताउनु भयो । उहाँले लघुवित्तको ऋण तिर्दा तिर्दा भएका गाईवस्तु र लगाएको सुन समेत सकिएर सुकुम्वासी जस्तै भएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो,‘मैले ११ वटा लघुवित्तबाट ऋण लिएको छु । बाख्रा र कुखुरा पालनको लागि १ लाख र अर्कोबाट ५० हजार लिएको थिए । त्यो पैसा तिर्दै गयो । आदि भयो होला भन्यो लघुवित्तले तपाईको ऋण एक लाख नै हुन्छ । जति तिरे पनि सकिदैन । मैले दिनुपर्ने एउटामा ३० हजार अर्कोमा ४० हजार दिन बाँकी छ तर लघुवित्तले १ लाख छ तिर्न बाँकी भन्छन् । बिहान १० बजे लघुवित्तका कर्मचारी आए भने बेलुका १० बजेपछि मात्रै जानुहुन्छ । भएका गाई वस्तुहरु र भएको सुन समेत सकियो अहिले केही छैन ।’

त्यस्तै,रौतहट घर भएकी डिल्लीकुमारी कार्की मिटर व्याजमा लिएको ऋण तिर्न लघुवित्तबाट ऋण लिएको बताउनु भयो । उहाँले मिटर ब्याजमा पैसा दिनेले धेरै फसाएर सुकुम्वासी बन्ने लागेको अवस्थामा लघुवित्तले झन पीडा थपेको बताउनु भयो । कार्कीले मिटरब्याजी साहुले भएको जग्गा जमिन समेत लिलाममा हालेर खाएको बताउनु भयो । उहाँले लघुवित्तबाट एक लाख रुपैयाँ ऋण लिएर महिनाको १२ हजार किस्ता बुझाउँदा समेत कहिल्यै नसकिने गरेको बताउनु भयो ।

उहाँले फरवाड,मेरो माइक्रो,मिथिला,डिप्रोस,गरिबी र साना किसान लघुवित्तको समूहमा बसेर ऋण लिएको बताउनु भयो । उहाँले यी लघुवित्तहरुमा १ लाख रुपैयाँ ऋण लिँदा जति किस्ता तिरे पनि त्यति नै ऋण देखाउने गरेको बताउनु भयो । कार्कीले लघुवित्तहरुको किस्ता तिर्दातिर्दै भएको सबै सम्पती सकिएपछि संस्थाका कर्मचारीहरु घरमा आएर यातना दिँदा १३ वर्षको छोरीले तीन महिना अगाडि आत्महत्या गरेको बताउनु भयो । उहाँले अहिले लघुवित्तको कारण घर छाडेर भाडामा समेत बस्न नसक्ने अवस्थामा रहेको गुनासो गर्नुभयो ।

त्यस्तै,विभन्न बाहिर जिल्ला छाडेर काठमाडौं उपत्यकामा आएर लघुवित्त समूहमा बसेर ऋण लिएर व्यवसाय गर्ने कमला मुक्तान र सुनमाया तामाङलाई समेत लघुवित्तले यातना दिएको गुनासो गरेका छन् । उनीहरुलाई लघुवित्तहरु आफैँले समूह बनाएर ऋण लिन बोलाएको र अहिले एउटाले ऋण तिर्न नसक्नेको भन्दै सबै महिलाहरुको निक्षेप समेत दिन नमानेको बताउनु भयो । उहाँले तत्काल किस्ता तिर्न पैसा छैन भन्दा समेत जसरी जहाँबाट भएपनि २८ दिनमा किस्ता बुझाउनुपर्ने भन्दै दबाब दिएको बताउनु भयो ।

उदार बजार अर्थतन्त्रमा लघुवित्त संस्था आफैँ जिम्मेवार बन्नुपर्ने भएपनि पछिल्लो समय त्यस्तो देखिएको छैन । लघुवित्तबाट ऋण लिने ३३ लाख ऋणी छन् । राष्ट्र बैंकले सुपरीवेक्षण गरेपछि ऋणीबाट लिन पाइने भन्दा बढी असुल गरेको १ अर्ब ६० करोड सेवाशुल्क फिर्ता गर्न लघुवित्तहरु तयार भएका छन् ।