२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगातार दोस्रो खेलमा एक रनमै आउट भए कुशल



file photo
अ+ अ-

काठमाडौँ । घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाली ओपनर कुशल भुर्तेल लगातार दोस्रो खेलमा १ रनमा नै आउट भएका छन् ।

अघिल्लो खेलमा नामिबियाविरुद्ध ५ बलमा १ रन बनाएर आउट भएका भुर्तेल स्कटल्याण्डविरुद्धको अन्तिम खेलमा पनि १ रनमै पेभिलियन फर्किएका हुन् ।

पहिलो खेलमा नामिबियाविरुद्ध ११५ रन बनाएका भुर्तेल त्यसपछिका खेलमा भने त्यति जम्न सकेनन् । मंगलबार स्कटल्याण्डविरुद्ध पनि उनी ४ बलमा १ रन बनाउँदा एलबिडब्लुको सिकार भए । हाल टियु मैदानमा जारी खेलमा नेपालले स्कटल्याण्डविरुद्ध २१३ रनको विजयी लक्ष्य पाएको छ । नेपालले दुई विकेट गुमाइसकेको छ भने ज्ञानेन्द्र मल्ल र रोहित पौडेल क्रिजमा छन् ।