२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्मन संसदीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा



अ+ अ-

काठमाडौं । जर्मनीको प्रतिनिधि सभा जर्मन बुन्डेस्ट्यागबाट दक्षिण एसियाली संसदीय प्रतिनिधिमण्डल, ७ देखि १० फाल्गुन २०७९ (१९ देखि २२ फेब्रुअरी २०२३), सम्म नेपालको चारदिने औपचारिक भ्रमणमामा आएको छ।

छ सदस्यीय संसदीय प्रतिनिधिमण्डलमा सांसद सुश्री रेनाटे कुनास्ट, श्री एन्ड्रियास लारेम, श्री पॉल लेह्रिडर, सुश्री रिया श्रोडर, डा। माल्टे काउफम्यान र डा. आन्द्रे हान रहेका छन् ।

“महामारीपछिको यो भ्रमणले नेपाल र जर्मनीबीचको संसदीय सम्बन्धलाई थप सुदृढ बनाउँदै ६० वर्षभन्दा लामो समयदेखिको द्विपक्षीय मित्रता र सहयोगलाई थप बलियो बनाउनेछ,” प्रतिनिधिमण्डलका प्रमुख रेनाट कुनास्टले भनिन्।

प्रतिनिधिमण्डलले नेपालको आर्थिक रुपान्तरण, पर्यटन प्रवद्र्धन, नेपालको शान्ति प्रक्रिया र मानवअधिकार, महिला सशक्तिकरण, नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था, कृषि र क्षेत्रीय सहयोगका साथै जर्मन–नेपाल विकास सहयोगलगायतका विषयमा छलफल गर्नेछ ।

प्रतिनिधिमण्डलका सदस्यहरुले नेपालका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रतिनिधिसभाका सम्माननीय सभामुख देवराज घिमिरे, माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, माननीय कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साह र पररास्ट्र सचिव भरत राज पौड्यालसँग भेटघाट गर्नुभयो। जर्मन संसदीय प्रतिनिधिमण्डलले नेपालको संघीय संसदका सदस्यहरुसँग पनि अन्तरक्रिया गर्नुभयो।

औपचारिक भेटघाटका साथै संसदीय प्रतिनिधिमण्डलले जर्मन विकास सहयोग, नेपालमा कार्यरत जर्मन गैरसरकारी संस्था र मानवअधिकार संगठनका प्रतिनिधिसँग पनि अन्तरक्रिया गर्नेछ। प्रतिनिधिमण्डलले इसिमोड ,नलेज पार्क, नेपाल व्यावसायिक प्रतिष्ठान र नेपाल सीप तथा तालिम सचिवालय को पनि भ्रमण गर्ने योजना बनाएको छ। चारदिने नेपाल भ्रमणका क्रममा संसदीय प्रतिनिधिमण्डलले भक्तपुर र बौद्धनाथ स्थित सांस्कृतिक सम्पदाको पनि भ्रमण गर्ने योजना रहेकोछ।

 




भर्खरै