१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

भण्डारीद्धारा स्टेट लियाजन अफिसरमा पाण्डेय नियुक्त



अ+ अ-

मेरिल्याण्ड । मेरिल्याण्ड राज्यको विधायकमा दोश्रो कार्यकालको लागि विजय हासिल गर्नु भएका डेलिगेट डा। हयारी भण्डारीले संसदमा नेपाली समुदायको समन्वय गर्नका लागि स्टेट लियाजन अफिसरको रुपमा मेरिल्याण्ड निवासी तीर्थराज पाण्डेयलाई नियुक्त गर्नु भएको छ ।

नेपाली समुदायको सहभागिता अभिवृद्धिको लागि र संसद वैठकको वेला पेश हुने विधयेकमा समेत प्रत्यक्षदर्शी भएर अनुभव लिन चाहनेका लागि समन्वय गर्न पाण्डेयलाई नियुक्त गरिएको हो ।

साथै पाण्डेयले नेपाली संघसंस्थाहरुको समन्वय र सहकार्य गर्दे भण्डारीको कार्यालयसँग सहकार्य गर्ने भूमिका निर्वाह गर्नु हुनेछ ।

भण्डारीले जारी गर्नु भएको सूचनामा जनाइए अनुसार पाण्डेयले नेपाली अमेरिकन तथा एशियन अमेरिकनसँग सरोकार राख्ने पक्ष र संस्थासँग समेत समन्वय गर्नु हुनेछ ।
भण्डारीले यस अगाडि नै सामाजिक अभियन्ता अर्जुन हमाललाई मेरिल्याण्ड राज्यमा सञ्चालित विभिन्न योजनाहरुको वारेमा आवश्यक छलफल, अनुसन्धान तथा वजेट कार्यान्वयनको अवस्थाको वारेमा समन्वय गर्न प्रोजेक्ट कोअर्डिनेटरको रुपमा नियुक्त गरिसक्नु भएको छ ।