२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउन १४ सम्म दल दर्ता, मतदाताको अन्तिम नामावली भदौ २३ मा (विज्ञप्तिसहित)



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले सोमबार प्रेस विज्ञप्तिमार्फत् कार्यतालिका सार्वजनिक गरेको हो ।

कार्यतालिकामा असार ३१ देखि साउन १५ सम्म राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ भने मतदाताको अन्तिम नामावली भदौ २३ गते प्रकाशित हुने जनाएको छ ।

पहिलो चरणमा २६ कात्तिकमा हुने निर्वाचनका लागि २१ असोजबाट २६ असोजसम्म उम्मेदवारी दर्तालगायतका निर्वाचनका कार्यक्रमको मिति तोकिएको छ ।

दोस्रो चरणमा ३ मंसिरमा हुने निर्वाचनका लागि ३१ असोज देखि ५ कात्तिकसम्म कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।