७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले

काठमाडौं महानगरपालिकाले थप पीडा दिएको भूमिहीनहरुको गुनासो

काठमाडौं महानगरपालिकाले थप पीडा दिएको भूमिहीनहरुको गुनासो
अ+ अ-

काठमाडौँ । भूमिहीनहरुले काठमाडौं महानगरपालिकाले आफूहरुलाई थप पीडा दिएको गुनासो गरेका छन् ।

विश्व सामाजिक न्याय दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित ‘सामाजिक न्याय संवाद श्रृङ्खला’ कार्यक्रममा बोल्दै पीडित जानुका पोखरेललगायतले आफूहरुको बस्तीमा डोजर आतंक फैल्याएर काठमाडौं महानगरपालिकाले झनै पीडा दिएको बताएका हुन । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएकी पोखरेलले खाना, छाना र नानाको अभावमा रहेका आफूहरुलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झनै उठिबास लगाउन खोजेको भन्दै आक्रोश व्यक्त गर्नु भयो ।

उहाँले आफूहरुमाथि अन्याय नगर्न पनि काठमाडौं महानगरपालिका र संघीय सरकारलाई आग्रह गर्नु भयो । गरिवको पक्षमा सबै तहका सरकारले काम गर्नुपर्नेमा दुःख दिएको उहाँको दुखेसो थियो । पोखरेलले भन्नु भयो, ‘गरिवीको भोगाई छ । भोकको पीडा छुट्टै छ । महामारी, सरकारको दिएको यातना । यी सबैको पीडा हामीले भोग्नु परेको छ । हामीमाथि नै काठमाठौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पनि डोजर चलाएर आतंकित पारेका छन । उनी आएपछि त झन हामीले पीडा भोग्नु परेको छ ।’

यता, काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त नवराज प्याकुरेलले भने भूमिहीनहरुको समस्या समाधानका लागि आफूहरु सम्बन्धित पक्षसँग सहकार्य गरेर अघि बढन लागि परेको दावी गर्नु भयो । उहाँले त्यसका लागि ठोस योजना ल्याउन स्थानीय सरकार र संघीय सरकारको ध्यानाकर्षण समेत गराउनु भयो ।

विकास आयुक्त प्याकुरेलले काठमाडौं उपत्यका भित्र सामाजिक न्याय स्थापित हुने गरी पीडितहरुको माग सम्बोधन गराउने काममा आफूहरुले काम काम गरिरहेको पनि बताउनु भयो । विकास आयुक्त प्याकुरेलले भन्नु भयो, ‘यो सबैको बस्न पाउने अधिकारलाई सुनिश्चित गर्न र व्यवस्थित गर्नका लागि सरोकारवाला सबैको भूमिका अपरिहार्य हुन्छ । र, यसमा काठमाडौं उपत्यका विकास प्राधिकरण हातमा हात मिलाएर अघि बढन चाहन्छ ।’

काठमाडौं उपत्यका विकास प्राधिकरणले सबैको बस्न पाउने अधिकारलाई सुनिश्चित गर्न आफ्नो तर्फबाट सक्दो पहल गरिरहेको पनि विकास आयुक्त प्याकुरेलले बताउनु भयो ।