• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम ★   क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय ★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला

शैक्षिक जनशक्ति राष्ट्रनिर्माणको स्रोत – उपकुलपति अर्याल



गण्डकी । पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले विश्वविद्यालयले उत्पादन गरेका जनशक्ति राष्ट्रनिर्माणका लागि महत्पूर्ण स्रोत भएको बताउनुभएको छ ।

सोमबार आयोजित पोखरा विश्वविद्यालयको अठारौँ दीक्षान्त समारोहमा उहाँले विश्वविद्यालयले देशको सर्वाङ्गीण विकासका लागि चाहिने ज्ञान र सीपयुक्त जनशक्ति तयार गरिरहेको उल्लेख गर्नुभयो ।

“शिक्षाले सभ्य समाजको निर्माण गरी देशलाई विकास र प्रगतितर्फ उन्मुख गराउँछ, शिक्षित दक्ष जनशक्तिको अभावमा देशले लक्षित प्रगति हासिल गर्न सक्दैन”, उपकुलपति प्राडा अर्यालले भन्नुभयो ।

उहाँले विश्वविद्यालयबाट विभिन्न तहमा उपाधि प्राप्त गरी दीक्षित भएका विद्यार्थीलाई राष्ट्रनिर्माण र परिवर्तनको सम्वाहकका रुपमा काम गर्न आग्रह गर्नुभयो । “आर्जित ज्ञान, सीपलाई देश विकास र आफ्नो सफल भविष्य निर्माणका लागि सदुपयोग गर्नुहुनेछ भन्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो ।

पोखरा विश्वविद्यालयले हालै शिक्षण अस्पताल सञ्चालनमा ल्याएको उल्लेख गर्दै उपकुलपति अर्यालले गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा र वैज्ञानिक स्वास्थ्य अनुसन्धान केन्द्रका रुपमा अस्पताललाई विकसित गरिने बताउनुभयो ।

आर्थिक एवं सामाजिकरुपले पछाडि पारिएका वर्ग र क्षेत्रका विद्यार्थीको उच्च शिक्षामा पहुँच पु¥याउन विश्वविद्यालयले बर्सेनि ठूलो सङ्ख्यामा छात्रवृत्ति प्रदान गर्दै आएको उहाँको भनाइ थियो ।

विश्वविद्यालयका ६६ वटा महाविद्यालयमा प्राविधिक एवं साधारण विषयमा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहमा पठनपाठन हुँदै आएको उपकुलपति प्राडा अर्यालले बताउनुभयो । रासस