१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

शैक्षिक जनशक्ति राष्ट्रनिर्माणको स्रोत – उपकुलपति अर्याल



अ+ अ-

गण्डकी । पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले विश्वविद्यालयले उत्पादन गरेका जनशक्ति राष्ट्रनिर्माणका लागि महत्पूर्ण स्रोत भएको बताउनुभएको छ ।

सोमबार आयोजित पोखरा विश्वविद्यालयको अठारौँ दीक्षान्त समारोहमा उहाँले विश्वविद्यालयले देशको सर्वाङ्गीण विकासका लागि चाहिने ज्ञान र सीपयुक्त जनशक्ति तयार गरिरहेको उल्लेख गर्नुभयो ।

“शिक्षाले सभ्य समाजको निर्माण गरी देशलाई विकास र प्रगतितर्फ उन्मुख गराउँछ, शिक्षित दक्ष जनशक्तिको अभावमा देशले लक्षित प्रगति हासिल गर्न सक्दैन”, उपकुलपति प्राडा अर्यालले भन्नुभयो ।

उहाँले विश्वविद्यालयबाट विभिन्न तहमा उपाधि प्राप्त गरी दीक्षित भएका विद्यार्थीलाई राष्ट्रनिर्माण र परिवर्तनको सम्वाहकका रुपमा काम गर्न आग्रह गर्नुभयो । “आर्जित ज्ञान, सीपलाई देश विकास र आफ्नो सफल भविष्य निर्माणका लागि सदुपयोग गर्नुहुनेछ भन्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो ।

पोखरा विश्वविद्यालयले हालै शिक्षण अस्पताल सञ्चालनमा ल्याएको उल्लेख गर्दै उपकुलपति अर्यालले गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा र वैज्ञानिक स्वास्थ्य अनुसन्धान केन्द्रका रुपमा अस्पताललाई विकसित गरिने बताउनुभयो ।

आर्थिक एवं सामाजिकरुपले पछाडि पारिएका वर्ग र क्षेत्रका विद्यार्थीको उच्च शिक्षामा पहुँच पु¥याउन विश्वविद्यालयले बर्सेनि ठूलो सङ्ख्यामा छात्रवृत्ति प्रदान गर्दै आएको उहाँको भनाइ थियो ।

विश्वविद्यालयका ६६ वटा महाविद्यालयमा प्राविधिक एवं साधारण विषयमा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहमा पठनपाठन हुँदै आएको उपकुलपति प्राडा अर्यालले बताउनुभयो । रासस