२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र बैंकले एउटै व्यक्तिले धेरै लघुवित्तबाट धेरै ऋण लिन नपाउने प्रावधान ल्याउँदै



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले राष्ट्र बैंकले लघुवित्तबाट एउटै व्यक्तिले धेरै ऋण लिन नपाउने प्रावधान ल्याउन लागेको बताउनुभएको छ ।

सोमवार आर्थिक पत्रकार समाज सेजनले काठमाडौंमा आयोजना गरेको संकटमा लघुवित्त, कारण र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बौल्दै कार्यकारी निर्देशक नेपालले यस्तो बताउनुभएको हो । उहाँले लघुवित्तका ३३ लाख बढी ऋणी भएकाले प्रत्येकको फाइल हेर्न नसक्ने भन्दै संस्थाले हेर्नुपर्ने बताउनु भयो । उहाँले पछिल्लो समय धेरै लघुवित्तमा सदस्य भएर एउटै व्यक्तिले सबैबाट ऋण लिएर समस्यामा परेको पाइएको भन्दै अब निर्देशिकामार्फत कडाइ गर्ने तयारी भइरहेको बताउनु भयो ।

उहाँले लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ गरे मात्रै धेरै समस्या समाधान हुने उल्लेख गर्नुभयो । उहाँले वित्तीय साक्षरताको कमीले समेत ऋणीले लिएको ऋणको उपयोग हुन नसकेको बताउनु भयो । उहाँले लघुवित्तमा पछिल्लो समय देखिएको समस्या सबै मिलेर समाधान गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले स्थानीय स्तरमा लघुवित्तका कर्मचारीले आफ्नो व्यवहार सुधार्नु आवश्यक रहेको भन्दै मिटरब्याजीका कारण पनि स्थानीय स्तरमा समस्या बढी बढ्दै गएको बताउनु भयो ।

नेपालले लघुवित्त संस्थाका कर्मचारी बिहान १० बजे भन्दा अगाडि र बेलुका ११ बजेसम्म ग्राहकको घरमा गएर यातना दिने र गाई वस्तु तान्ने,घरमा चुकुल लगाइदिने काम तत्काल बन्द गर्न आग्रह गर्नुभयो । उहाँले लघुवित्तहरुले धेरै राम्रो काम उदाहरण रहेको भन्दै सबैलाई एउटै समूहमा हाल्दा ३० वर्षसम्म गरेका योगदान काम न लाग्ने बताउनु भयो । उहाँले कुनै पनि लघुवित्तले १५ प्रतिशत भन्दा बढी ब्याज लिएको भए राष्ट्र बैंकमा उजुरी दिन सबैलाई आग्रह गर्नु भयो । नेपालले लघुवित्त खारेज नभएर देखिएका समस्या समाधान गरी परिमार्जन गर्दै लैजान आवश्यक रहेको बताउनु भयो ।

उहाँले पछिल्लो समय ५ देखि १० प्रतिशत लघुवित्त संस्थाहरुले खराब काम गरेको भन्दै करेक्शन गरिने बताउनु भयो । उहाँले पछिल्लो समय केही शेयरका खेलाडीहरु लघुवित्तमा प्रवेश गरेर लघुवित्तलाई बिगारेको समेत आरोप लगाउनु भयो । उहाँले कोरोना माहामारी र तरलता अभावको कारण पनि लघुवित्तहरुमा समस्या आएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘लघुवित्तमा ३३ लाख ऋणीहरु रहेका छन् । उनीहरु प्रत्येकको फाइल हेर्न सक्दैन । त्यो लुघुवित्तहरुले हेर्ने हो । अब राष्ट्र बैंकले अब लघुवित्तको एउटैमा मात्रै समावेश हुने नभए एउटा वा ३ भन्दा बढी संस्थाहरुमा संगलन हुन नपाउने भनेर चाँडै निर्देशन जारी गर्ने प्रक्रियामा छौं । लघुवित्त संस्थाहरुले आफ्ना सदस्यहरुलाई एउटै किसिमको व्यवसायी व्यवहार गर्नुहोला । बिहान १० बजे भन्दा अगाडि र बेलुका ११ बजेसम्म ग्राहकको घरमा गएर यातना दिने र गाईवस्तु तान्ने,घरमा चुकुल लगाई दिने काम गर्न हुँदैन । तत्काल अन्त्य गर्नुपर्छ ।

लघु वित्तहरुले धेरै राम्रो काम गरेका छन् तर एउटा नराम्रो काम हुँदा एउटै समूहमा हाल्दा सबै काम ओझेलमा पर्छन् । सबै मिलेर समस्या समाधानको खोजि गर्नुपर्छ । लघु वित्तहरुले ३० वर्षसम्म गरेका योगदानलाई एउटा गल्तिमा बन्द गर्न सकिदैन । लघुवित्तहरुका गल्ति कमजोरीहरु छन् । त्यसलाई सच्याउन आवश्यक छ । लघुवित्त संस्थाहरु स्वशासित संस्थाहरु हुन् । कुनैपनि लघुवित्तले १५ प्रतिशत भन्दा बढी ब्याज लिएको भए हामीलाई जानकारी दिनुस् । हामी त्यसलाई तत्काल कारबाही गर्छौं ।

लघुवित्तका समस्या समाधान गरी परिमार्जन गर्दै जानुपर्छ बन्द गर्ने कुरा सोच्नु हुँदैन । त्यस्तो गर्दा नेपाल धेरै पछाडि पर्छ । पछिल्लो समय ५ देखि १० प्रतिशत लघुवित्त संस्थाहरुलाई करेक्शन गर्नुपर्छ । केही शेयरका खेलाडिहरु लघुवित्तमा प्रवेश गरेर लघुवित्तलाई बिगारेका छन् । यो विषयमा राष्ट्र बैंक सहमत छ । केही लघुवित्तहरुले घरघरमा गएर पैसा बाँड्ने काम गरेका छन् । यसमा कोरोना माहामारी र तरलता अभावको कारण पनि समस्या आएको छ ।’

त्यस्तै माइक्रोफाइनान्स एशोसिएशन नेपालका अध्यक्ष जगत पोखरेलले धेरै माइक्रोफाइनान्स भएकाले समस्या आएको बताउनु भयो । उहाँले नेपाल राष्ट्र बैंकले दिएको निर्देशन भित्र लघुवित्तहरु बसेर काम गर्नुपर्ने र पालना नगरे कारबाही गर्नुपर्ने बताउनु भयो । उहाँले लघुवित्तहरुले ग्रामिण क्षेत्रमा कसरी लगानी गरेर उत्पादन बढाउने र बजारको व्यवस्थापन गर्ने भन्ने विषयमा लागेको बताउनु भयो ।
उहाँले पछिल्लो समय लघुवित्तहरुमा देखिएको समस्याको विषयमा नजिकबाट हेरिरहेको बताउनु भयो । उहाँले लघुवित्तको समस्या समाधान गरेर जान तयार रहेको पनि बताउनु भयो ।