२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले भित्र सहमति हुन्छ, आशावादी छु : गोकर्ण विष्ट



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले आज बसेको कार्यदलको बैठकले एमाले भित्र सहमतिका लागि आशावादी भएको बताएका छन् । सोमबार सिंहदरबारमा बसेका कार्यदलको बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै सचिव विष्टले कार्यदलको बैठक सौहार्दपूर्ण भएको र पार्टी एकताका लागि आशावादी हुने ठाउँ देखिएको बताएका हुन् ।

सचिव विष्टले दुवै समूहमा रहेका सदस्यले पार्टी एकताका लागि इमानदारी पूर्वक पहल गर्ने बताएका छन् । पार्टी एकता सार्थक पुर्याउन विषयवस्तु प्रस्तुत भएका छन, औपचारिक रुपले छलफल भएका छन् । भोलि व्यवस्थित ढंगले अगाडि अगाडी बढ्ने कुरा भएको छ ।’ विष्टले भने : ‘आशावादी हुने संकेत देखिएको छ, दुवै समूहमा रहेका सदस्यले पार्टी एकताका लागि इमानदारी पूर्वक पहल गछौं । 

कार्यदलमा संस्थापन पक्षबाट सुवास नेम्वाङ र माधव नेपालको तर्फबाट भीम रावल संयोजक छन् ।