२९ भाद्र २०८३, सोमबार
,
Latest
संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले भित्र सहमति हुन्छ, आशावादी छु : गोकर्ण विष्ट



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले आज बसेको कार्यदलको बैठकले एमाले भित्र सहमतिका लागि आशावादी भएको बताएका छन् । सोमबार सिंहदरबारमा बसेका कार्यदलको बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै सचिव विष्टले कार्यदलको बैठक सौहार्दपूर्ण भएको र पार्टी एकताका लागि आशावादी हुने ठाउँ देखिएको बताएका हुन् ।

सचिव विष्टले दुवै समूहमा रहेका सदस्यले पार्टी एकताका लागि इमानदारी पूर्वक पहल गर्ने बताएका छन् । पार्टी एकता सार्थक पुर्याउन विषयवस्तु प्रस्तुत भएका छन, औपचारिक रुपले छलफल भएका छन् । भोलि व्यवस्थित ढंगले अगाडि अगाडी बढ्ने कुरा भएको छ ।’ विष्टले भने : ‘आशावादी हुने संकेत देखिएको छ, दुवै समूहमा रहेका सदस्यले पार्टी एकताका लागि इमानदारी पूर्वक पहल गछौं । 

कार्यदलमा संस्थापन पक्षबाट सुवास नेम्वाङ र माधव नेपालको तर्फबाट भीम रावल संयोजक छन् ।