२९ भाद्र २०८३, सोमबार
,
Latest
ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मूल विषयमा प्रवेश नभएपनि विवाद समाधानका लागि निरन्तर छलफल गर्छौँ : संयोजक रावल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पार्टीको विवाद समाधानका लागि गठित कार्यदलका संयोजक भीम रावलले मूल विषयमा प्रवेश नभएपनि आन्तरिक विषयमा समाधानका लागि निरन्तर छलफल बढाउने बताएका छन् । सोमवार सिंहदरबारमा बसेको कार्यदल बैठकपछि बाहिरिने क्रममा रावलले भोलिको बैठकमा मूल विषयमा प्रवेश गर्ने बताएका हुन् ।

‘कार्यदललाई निरन्तर बढाउने बारे छलफल भयो, आज मूल विषयमा प्रवेश गरेनौ । आन्तरिक विषयमा समाधानका लागि प्रयत्न गर्न भोलि बैठक पुन बस्छौ’ रावलले भने ।

आइतवार राति प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र रावलबीच छलफल भएको भोलिपल्ट कार्यदल सक्रिय भएको हो । ‘कुराकानी धेरै लामो समयदेखि हुँदै आएको थियो । कसरी राष्ट जनता, लोकतन्त्रलाई अगाडि बढाउने भन्ने विषयमा छलफल भएको थियो’ रावलले ओलीसँगको भेटबारे भने ।