२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बढुवा भएका दुई सचिवसहित पाँच सचिवको सरुवा (को कहाँ)



अ+ अ-

काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २ जना सहसचिवलाई सचिवमा बढुवा गरेसँगै पदस्थापन पनि गरेको छ । प्रधानमन्त्री निवास बालुवाटरमा बसेको बैठकले सोमबार नै सहसचिवबाट सचिवमा बढुवा भएका  शुशिल चन्द्र तिवारीलाई राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा पदस्थापन गरेको छ भने मधुसुदन बुर्लाकोटीलाई सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको हो ।

यस्तै मन्त्रिपरिषद् बैठकले ३ जना सचिवको सरुवा गरेको स्रोतको दावि छ। उनका अनुसार सचिव तोया ज्ञवाली, रामकृष्ण सुवेदी र सुरेश आचार्यको सरुवा गरेको हो ।

सुदूर पश्चिम प्रदेश प्रमुख सचिव सुवेदीलाई उपराष्ट्रपति कार्यालयमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव ज्ञवालीलाई राष्ट्रपति कार्यालय, र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (विज्ञान) मा आचार्यको सरुवा भएको हो ।