७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कटल्याण्डद्वारा नामिबियासमक्ष २२२ रनको लक्ष्य प्रस्तुत



अ+ अ-

काठमाडौँ । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा नामिबियाले स्कटल्याडलाई २२२ रनको विजयी लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ थालेको स्कटल्याण्डले ४८(४ ओभरमा अलआउट हुँदै २२१ रनको योगफल तयार पारेको हो ।

स्कटलयण्डका लागि ओपनर केयल कोइटजेर डकआउट हुँदा, लियम नेयलरले २० रन जोडे । यस्तै, क्रिस्टोफर म्याकब्रिज सर्वाधिक ४७ रन बनाएर पभेलियन फर्किए । ७५ बल खेलेका उनले ७ चौका प्रहार गरे । कप्तान रिची बेरिङटन ३२ रनमा आउट हुँदा म्याथ्यू क्रसले १६ रन जोडे ।

यसैगरी, थोमस म्याकिन्टोस ३४ रन, मिचेल लिस्क २९ रन, क्रिस ग्रेभिस १४ र मार्क वाटले १० रन जोडे । नामिबियाका लागि ट्रम्पलम्यानले ९.४ ओभरमा ३० रन खर्चेर सर्वाधिक ५ विकेट लिए । ताङगेनी लुङगामेनीले २ विकेट लिँदा बर्नाद स्कोस्ज, बेन शिकोङ्गो र पिकी या फ्रान्सका नाममा एक/एक विकेट रह्यो ।

विभिन्न सात राष्ट सहभागी विश्वकप लिग २ मा स्कटल्याण्ड ३४ खेलमा २३ मा जित र ९ खेलमा हारका साथ ४८ अङ्कका साथ शीर्ष स्थानमा छ ।

नामिबिया ३३ खेलमा १८ मा जित र १४ मा हारका साथ ३७ अङ्कका साथ तेस्रो स्थानमा छ । यस सिरिजमा नामिबियाको आज अन्तिम खेल हो भने स्कटल्याण्डले भोलि घरेलु टोली नेपालसँग खेल्नेछ ।