३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

थाहा पाउनुहोस् अनुहारमा कनिका जस्तो देखिने सेतो र पहेंलो रङको दाना आउँनुको कारणसहित उपचार

थाहा पाउनुहोस् अनुहारमा कनिका जस्तो देखिने सेतो र पहेंलो रङको दाना आउँनुको कारणसहित उपचार
अ+ अ-

काठमाडौं । अनुहारमा कनिका जस्तो देखिने सेतो, पहेंलो रङको कडा बल जस्तो दानालाई मिलिया भनिन्छ। मिलिया मुख्यगरी अनुहार, नाक, गाला तथा आँखाको तल्लो भागमा आउँछ। मिलिया सामान्यतयः साना आकारमा देखिने गर्छन्। तर, यसको आकार दुई मिलिमिटर सम्मको हुनसक्छ।

मिलिया के हो ?
छाला, नङ, कपालमा केराटिन भन्ने प्रोटिन हुन्छ। यदि त्यो प्रोटिन छालामा थुनिएर बस्यो भने मिलिया हुने गर्छ। मिलिया कुनै मानिसको अनुहारमा छुट्टाछुट्टै पनि देखिन सक्छ। कसैकसैको अनुहारमा धेरै ससाना दाना निस्कने गर्छ।

मिलिया सबै उमेर समूहको मानिसको अनुहारमा देखिए पनि भर्खर जन्मिएको बच्चामा धेरै देखिन्छ। मिलियाले छालामा कुनै पनि समस्या पार्दैन। मिलिया केही हप्तादेखि महिनासम्म रहने हुनाले उपचार आवश्यक पर्दैन।

मिलिया प्रइमेरी र सेकेन्डरी गरी दुई प्रकारको हुन्छ।

प्राइमेरी मिलिया
प्रइमरी मिलिया भर्खर जन्मिएका बच्चाको अनुहारमा देखिने गर्छ। भर्खर जन्मिएको बच्चामा के कारणले मिलिया देखिन्छ, त्यसको कारण अहिलेसम्म पत्ता लागेको छैन। मिलिया आउने कारण नभएकोले यसलाई इडियोप्याथिक भन्ने गरिन्छ।

सानो बच्चामा आएको मिलिया केही हप्तादेखि केही महिनाभित्र आफैं निको हुने गर्छ। यसको खासै उपचार गर्नु पर्दैन। कुनैकुनै आमाबुबाले बच्चालाई मिलिया हुँदा डन्डिफोर वा एलर्जी भयो भन्ने शंका लागेर चिकित्सकलाई देखाउने गर्छन्।

सेकेन्डरी मिलिया

सेकेन्डरी मिलिया वयस्क उमेरका मानिसमा बढी देखिने गर्छ। वयस्कामा आउने मिलिया लामो समयसम्म रहने गर्छ।

वयस्कमा मिलिया आउनुका कारण:
– घामले छाला डढेमा।
– कुनै क्रिमको लामो समयसम्म प्रयोगले पनि मिलिया देखिने गर्छ।
– छालाको चोटपटक लागेको छ भने पनि मिलिया देखिने गर्छ।
– छालामा फोका आउँदा पनि निको हुने बेलामा मिलिया बनाउने गर्छ।
– आगोले पोलेर निको भएको खतमा पनि मिलिया देखिने गर्छ।

उपचार:
वयस्कमा आउने मिलिया कुनैकुनैलाई मात्र छिटो निको हुने गर्छ। धेरै जस्तो मिलिया लामो समयसम्म अनुहारबाट जाँदैन। यदि लामो समयसम्म मिलिया गएन भने आफैंले कोट्याउने, निचोर्ने गर्नु हुँदैन। छालामा कुनै पनि समस्या नपरे पनि सुन्दरताको हिसाबले असर पारिरहेको हुन्छ। 

मिलिया आउँदा अनुहारको सुन्दरतामा कमी आउने हुँदा छाला तथा यौनरोग विशेषज्ञलाई देखाउनु पर्छ। चिकित्सको सल्लाह अनुसार क्रिम, मल्हमको प्रयोग गरेर पनि मिलियालाई हटाउन सकिन्छ। अन्य उपचारमा चिकित्सकले सियोको टुप्पोले मिलियालाई निकालेर फाल्छन्। आजभोलि लेजरको माध्यबाट पनि मिलियाको उपचार गर्न सकिन्छ। (एजेन्सीको सहयोगमा)