२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले कार्यदलको बैठक सुरू



अ+ अ-

काठमाडौं । नेकपा एमाले एकताका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा सुरू भएको छ । 

हिजो (सोमबार) साँझ बसेको बैठकले अनौपचारिक छलफलको पुनरावलोकन भएको भन्दै आज फेरि बैठक बस्ने निर्णय गरेको थियो।

कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल रहेका छन् ।

यस्तै वरिष्ठ नेता माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे रहेका छन्।

जेठ ७ गतेदेखि बस्न नसकेको कार्यदलको बैठक अहिले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सुरू भएको हो।

आइतबार राती प्रधानमन्त्री ओली र उपाध्यक्ष भीम रावलबीच कुराकानी भएपछि कार्यदल ब्युँतिएको हो ।