२१ असार २०८३, आईतवार
,
Latest
अमेरिकी प्रशान्त टापुहरू नजिक ’अत्यन्त खतरनाक’ आँधीको जोखिम हामीलाई भूराजनीतिक संघर्षले निरिह बनायोः संयोजक दाहाल कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् शाक्यलाई ए–स्टार नेपाल बास्केटबलको उपाधि ग्रीनफोर्ड नाइट्सलाई दश ओलम्पियन खेलाडी सम्मानित डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते ट्रम्पद्वारा अमेरिकाको स्थापना र स्वतन्त्रताको मुक्त कण्ठले प्रशंसा, अमेरिका सधैँ ‘कम्युनिस्ट विचार’ विरोधी रहेको उल्लेख चीन उत्तर कोरियासँग ‘स्थिर’ सम्बन्ध विकास गर्न सहमत भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम  ‘डिस्प्ले बोर्ड’मा पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

इञ्जिनीयरिङका विद्यार्थीसँग इजरायली विज्ञको अन्तर सञ्जाल



अ+ अ-

काठमाडौँ । एड्भान्स्ड कलेज अफ इन्जिनीयरिङ एण्ड म्यानेजमेन्टले इजरालयस्थित टेक्नियन विश्वविद्यालयका इञ्जिनीयर प्र्रा डा ओरी ओरफसँगको सहकार्यमा ‘निर्णय निर्माण प्रक्रियामा संज्ञानात्मक पक्ष’ विषयक अन्तर सञ्जाल सम्मेलन आयोजना गरेको छ । 

नेपालका लागि इजरायली राजदूत हनान गोडरले ‘अन्दाजी र पूर्वाग्रह’ विषयक सम्मेलन विभिन्न अनिश्चित घटनाबाट सुरक्षित रहन तथा प्रत्येक व्यक्तिका दैनिक अभ्यासमा आधारित त्रुटीहरूको समाधानमा उपयोगी भएको बताउनुभयो । 

इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्यले यस किसिमका सूचनामूलक कार्यक्रमले विद्यार्थीलाई मात्रै नभएर सम्पूर्ण सहभागीलाईसमेत लाभान्वित गराउने बताउनुभयो । नेपालमा कृषि केन्द्र स्थापनालगायतका विभिन्न विषयमा इजरायल र नेपालले सफलतापूर्वक सम्झौता–पत्रमा हस्ताक्षर हुँदा गौरवबोध भएको जनाउनुभयो ।

प्रा डा ओरीले संज्ञानात्मक पूर्वाग्रहमाथि विजय हासिल गर्ने पहिलो कदम नै आफूसँग त्यो कुरा भएको स्वीकार गर्नु हो भन्ने कुरामा जोड दिनुभयो । डा ओरीका अनुसार कहिलेकाहीँ अति अत्याधुनिक र परिष्कृत चिन्तक पनि आफ्नै संज्ञानात्मक पूर्वाग्रहको सिकार हुने भएकाले प्रत्येक व्यक्ति यस विषयमा सावधान हुनुपर्ने बताउनुभयो ।

 प्रा डा ओरीले डेनियल कान्हेमान र एमोस नाथन टिभर्सकीलगायतका विज्ञहरूको निर्णय निर्माण प्रक्रियामा मानव व्यवहारको विरोधाभास र विवादास्पदता झल्काइएको भिडियो सामग्री पनि प्रस्तुत गर्नुभएको थियो । डानियल कान्हेमान अर्थ–विज्ञानमा नोबेल मेमोरियल पुरस्कारबाट सन् २००२ मा विभूषितसमेत भएका थिए ।

एड्भान्स्ड कलेज अफ इञ्जिनीयरिङका कार्यकारी निर्देशक कपिलदेव रेग्मीले नेपाल र इजरायलबीच प्रगाढ हुँदै गइरहेको मित्रताप्रति प्रसन्नता व्यक्त गर्दै प्रा डा ओरीलाई नेपाल भ्रमणका लागि आमन्त्रण गर्नुभयो । कलेजका प्रिन्सिपल इञ्जिनीयर लोचनलाल अमात्यले ओरीद्वारा प्रस्तुत सत्रको प्रशंसनीय टिप्पणी गर्दै इञ्जिनीयरिङ क्षेत्रमा संज्ञानात्मक पूर्वाग्रहका बारेमा आफ्ना सिकाइसम्बन्धी अनुभव आदान प्रदानलाई निरन्तरता दिइने बताउनुभयो ।