६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एस्टन भिल्लाविरुद्ध आर्सनलको रोमाञ्चक जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले रोमाञ्चक जित निकालेको छ ।

शनिबार राति सम्पन्न खेलमा आर्सनलले एस्टन भिल्लालाई ४–२ गोलले पराजित गरेको हो । भिल्लाको घरेलु मैदानमा आर्सनलले अग्रता उल्ट्याएर जित निकालेको हो ।

खेलको पाँचौं मिनेटमा नै वली वाट्कीन्सले गोल गर्दै भिल्लालाई सुरुवाती अग्रता दिलाएका थिए । १६ औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई १–१ को बराबरीमा ल्याए । ३१ औं मिनेटमा फिलिपे कोउटिन्होले गोल गर्दै भिल्लालाई २–१ ले अघि बढाए । यता, ६१ औं मिनेटमा ओलेक्सान्ड्र जिन्चेन्कोले गोल गर्दै आर्सललाई २–२ को बराबरीमा ल्याए ।

खेल सकिनै लाग्दा इन्जुरी समयको ९०+३ मिनेटमा भिल्लाका गोलकिपर मार्टिनेजले आत्मघाती गोल गरेपछि आर्सनललाई ३–२ को अग्रता मिल्यो । आर्सनलका जर्गिन्होले टाढाको दुरीबाट प्रहार गरेको बल पोस्ट बारमा लागेर फिर्ता हुँदा मार्टिनेजलाई लागेर गोल हुन पुगेको थियो ।

यस्तै खेलको अन्तिम मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई ४–२ को जित दिलाए । भिल्लाका गोलकिपर मार्टिनेज कर्नरमा गोल गर्ने मनसायले आर्सनलको पोस्टमा गएको बेला आर्सनलले काउन्टर पायो । खाली पोस्टमा मार्टिनेलीले कुनै गल्ती गरेनन् ।

जितसँगै आर्सनल पुनः तालिकाको शीर्षस्थानमा उक्लिएको छ । उसको २३ खेलबाट ५४ अंक छ । भिल्ला भने समान खेलबाट २८ अंकसहित ११ औं स्थानमा रहेको छ ।