२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना महामारीको असरः कुमारी हल सदाका लागि बन्द



अ+ अ-

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका कारण बाध्यात्मक रुपमा देशभरका सिनेमा हलहरु बन्द हुन थालेका छन् । 

क्यूएफएक्स चेनको जय नेपाल हल लकडाउनपछि नै बन्द भएको थियो । कोरोनाका कारण खर्च धान्न नसक्ने भएपछि क्यूएफएक्स चेनको कमलपोखरीमा रहेको दुई अडिटोरियमको ३७ वर्षको इतिहास बोकेको कुमारी हल पनि सधैंका लागि बन्द भएको छ । 

नेपाल चलचित्र संघका अनुसार हालसम्म २२ वटा सिनेमा हल सधैंका लागि बन्द भइसकेको छ भने  ३०र४० वटा सिनेमा हल पनि बन्द हुने अवस्थामा पुगेको छ । 

सिनेमा हल बन्द भएपछि हल सञ्चालकसहित करोडौं लगानी गरेर फिल्म बनाउने निर्माताले समेत ठूलो नोक्सानी ब्यहोर्नुपरेको छ ।