२९ भाद्र २०८३, सोमबार
,
Latest
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले कार्यदलमा सहमति हुन सकेन, बैठक भोलि फेरि बस्ने



अ+ अ-

काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको मंगलवारको बैठकले पनि कुनै ठोस निर्णय गर्न सकेन ।

नेकपा एमालेको विवाद समाधान गर्नका लागि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको सहमतीमा गठन भएको कार्यदलको मंगलबारको बैठकले पनि कुनै ठोस निर्णय निकाल्न सकेन । पछिल्लो समय निस्क्रिय कार्यदल सोमबारदेखि सक्रिय भएको भएपनि हालसम्म कुनै ठोस प्रगति हुन सकेको छैन । 

आजको बैठकमा एमालेको संगठनात्मक प्रणालीलाई कसरी अगाडी बढाउने र पार्टी भित्र देखिएको समस्यालाई कसरी समाधान गर्ने भन्ने सन्दर्भमा छलफल भएको कार्यदल सदस्य भिम रावलले बताउनुभयो । कार्यदलका सबै सदस्यहरु पार्टी समस्या समाधानका लागि सक्रिय रहने सहमती गरिएको पनि उहाँले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो – ‘हामीले कार्यदलको बैठकमा हाम्रो संगठनात्मक प्रणालीसँग सम्बन्धित विषयहरुमा पनि छलफल ग¥यौँ । र अदालतको फैसला पश्चात् जसरी नेकपा(एमाले) पुर्नजिवित भएको छ । त्यसपछि संगठनका सम्पूर्ण कामहरुलाई कसरी अगाडी बढाउने भन्ने सन्दर्भमा विभिन्न समयमा भएका कुराहरुको बारेमा पनि कुराकानी भयो । र त्यसका साथसाथै नेकपा एमाले पुर्नजिवित भइसकेको अवस्थामा संगठनात्मक विषयसँग सम्बन्धित जे जस्ता समस्याहरु उत्पन्न भएका थिए । ति समस्याहरु समाधान कसरी हुन सक्छन् भन्ने विषयमा पनि हामीले छलफल ग¥यौँ । र ति सम्पूर्ण विषयहरुमा कार्यदलमा रहनुभएका सबै सदस्यहरुबाट समस्या समाधानको विषयमा अगाडी बढ्ने सहमतीको साथ आजको बैठक सम्पन्न भएको छ ।’

कार्यदलको अर्को बैठक बुधबार पुनः बस्ने कार्यदल सदस्य रावलले जानकारी दिनुभयो ।