२१ असार २०८३, आईतवार
,
Latest
अमेरिकी प्रशान्त टापुहरू नजिक ’अत्यन्त खतरनाक’ आँधीको जोखिम हामीलाई भूराजनीतिक संघर्षले निरिह बनायोः संयोजक दाहाल कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् शाक्यलाई ए–स्टार नेपाल बास्केटबलको उपाधि ग्रीनफोर्ड नाइट्सलाई दश ओलम्पियन खेलाडी सम्मानित डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते ट्रम्पद्वारा अमेरिकाको स्थापना र स्वतन्त्रताको मुक्त कण्ठले प्रशंसा, अमेरिका सधैँ ‘कम्युनिस्ट विचार’ विरोधी रहेको उल्लेख चीन उत्तर कोरियासँग ‘स्थिर’ सम्बन्ध विकास गर्न सहमत भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम  ‘डिस्प्ले बोर्ड’मा पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपश्चिम विश्वविद्यालयका दुई उपप्राध्यापक बर्खास्त



अ+ अ-

कर्णाली । मध्यपश्चिम विश्वविद्यालयले केन्द्रीय क्याम्पसअन्तर्गतका दुई उपप्राध्यापकलाई बर्खास्त गरेको छ । इञ्जिनीयरिङ सङ्काय स्नातकोत्तर कार्यक्रमका निर्देशक उपप्राध्यापक विश्वनाथ यादव र कानून सङ्कायअन्तर्गत ‘स्कूल अफ ल’का उपप्राध्यापक सुजन पन्तलाई बर्खास्त गरेको विश्वविद्यालयले जनाएको छ । बर्खास्तमा परेका यादव स्थायी उपप्राध्यापक र पन्त करारका हुनुहुन्छ । 

उपकुलपति प्रा डा नन्दबहादुर सिंहले कार्यक्रम निर्देशक यादवले आफूखुशी विद्यार्थीलाई नम्बर दिएको र पन्तले परीक्षाअगावै प्रश्नपत्र सार्वजनिक गरेको प्रमाणित भएपछि बर्खास्त गरेको जानकारी दिनुभयो । “यो अक्षम्य शैक्षिक अपराध हो, प्राज्ञिक मर्यादामा आँच आउने काम भयो”, विश्वविद्यालयद्वारा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उपकुलपति सिंहले भन्नुभयो, “छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा उहाँहरुलाई निष्काशन गरिएको छ ।” स्कूल अफ ल’ का पन्तलाई तीन महिनाअघि नै निलम्बन गरिए पनि छानबिन समितिको निष्कर्षपछि बर्खास्त गरिएको हो ।     

उपप्राध्यापकद्वयलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी उपप्राध्यापक पदबाट बर्खास्त गरिएको छ । यादवले आर्थिक प्रलोभनमा परी परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई आफूखुशी नम्बर दिएर पास गराएको आरोप छ । विद्यार्थीको आन्तरिक मूल्याङ्कनतर्फ विषय शिक्षकले पठाएको नम्बर लुकाएर यादवले आफूखुशी नम्बर दिएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । स्ट्रक्चरल इञ्जिनीयरिङ विषयको अन्तिम सत्रको प्रयोगात्मक परीक्षामा उपप्राध्यापक यादवले आफूखुशी नम्बर दिएको पाइएको छानबिन समितिको ठहर छ । उपकुलपति सिंहले उहाँहरूलाई विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासन नियमावली २०६९, परिषद् ३३ को नियम १७४ बमोजिम प्रा डा दीपबहादुर रावलको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनका आधारमा बर्खास्त गरिएको बताउनुभयो ।