२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरी बढ्यो पेट्रोलियम पर्दाथको मुल्य



अ+ अ-

काठमाडौं । नेपालमा फेरी  पेट्रोलियम पर्दाथको मुल्य बढेको छ ।  नेपाल आयल निगमले यसअघि समायोजन भएको १५ दिनमै ग्यास, पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको हो।

निगमले ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँ, पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाइएसंग काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम भएको छ।

त्यस्तै आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएर प्रतिलिटर ८४ रुपैयाँ पुर्याइएको छ। अन्तर्राष्ट्रिय उडानमा प्रतिकिलोलिटर इन्धनको १९ अमेरिकी डलर वृद्धि गरिएको छ।

यसअघि असार ९ गते निगमले भारतबाट आउने मूल्य नै बढेकाले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको जनाएको थियो । निगमका अनुसार आज राति १२ बजेदेखि बढेको मूल्य लागू हुनेछ।