२१ असार २०८३, आईतवार
,
Latest
कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् शाक्यलाई ए–स्टार नेपाल बास्केटबलको उपाधि ग्रीनफोर्ड नाइट्सलाई दश ओलम्पियन खेलाडी सम्मानित डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते ट्रम्पद्वारा अमेरिकाको स्थापना र स्वतन्त्रताको मुक्त कण्ठले प्रशंसा, अमेरिका सधैँ ‘कम्युनिस्ट विचार’ विरोधी रहेको उल्लेख चीन उत्तर कोरियासँग ‘स्थिर’ सम्बन्ध विकास गर्न सहमत भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम  ‘डिस्प्ले बोर्ड’मा पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने धारापानी-झिनडाँडा खण्ड स्तरोन्नति अलपत्र सडक निर्माणका लागि पूर्वाधार विकासमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरी बढ्यो पेट्रोलियम पर्दाथको मुल्य



अ+ अ-

काठमाडौं । नेपालमा फेरी  पेट्रोलियम पर्दाथको मुल्य बढेको छ ।  नेपाल आयल निगमले यसअघि समायोजन भएको १५ दिनमै ग्यास, पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको हो।

निगमले ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँ, पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाइएसंग काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम भएको छ।

त्यस्तै आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएर प्रतिलिटर ८४ रुपैयाँ पुर्याइएको छ। अन्तर्राष्ट्रिय उडानमा प्रतिकिलोलिटर इन्धनको १९ अमेरिकी डलर वृद्धि गरिएको छ।

यसअघि असार ९ गते निगमले भारतबाट आउने मूल्य नै बढेकाले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको जनाएको थियो । निगमका अनुसार आज राति १२ बजेदेखि बढेको मूल्य लागू हुनेछ।