२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरै पहलमा माथिल्लो तामाकोशीको काम शुरु भएको हो, सरकारले जस लियो : नेता महत



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाश शरण महतले माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माणका लागि आफुले गरेको भुमिकालाई सरकारले अवमूल्यन गरेको बताउनुभएको छ । 

नेता महतले आजभन्दा १० वर्ष अगाडी आफु उर्जामन्त्री भएको बेलामा आफ्नै पहलकदमीमा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम शुरु भएको भएपनि सरकारले यसको निर्माणको स्वामित्व केवल आफुले मात्रै लिएको बताउनुभयो । तत्कालीन अवस्थामा आफुले नै काम नगर्ने ठेकेदारसँगको ठेक्का रद्द गरेर नेपाली सेनालाई काम गर्ने जिम्मा दिएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘अपर तामाकोशी जुनबेला आजभन्दा १० वर्ष अगाडी ऊर्जा मन्त्री भएको थिएँ । त्यो अवस्थामा यो अगाडी बढेको हो । त्यो बेलासम्म यसको लगानी कसले गर्ने पनि अनिश्चित थियो । त्यहाँको बाटै जोडिएको थिएन । बाटो नबनीकन ठेक्का लगाउने कुरा भएन । ठेकेदारहरुलाई बाटो बनाउन दिइएको थिए उनीहरु वर्षौ लड्काइरहेका थिए । मैले नै एकल निर्णय गरेर,यो आर्मिलाई नलगाइकन यो पहिरोपनि फोडिदैन, त्यहाँ बाटो पनि पुग्दैन, त्यो नभएसम्म यो ठेक्का पनि लाग्दैन भनेर आर्मिलाई दिएर ठेक्का क्यान्सिल गरेर आर्मिले टेक ओभर गरेर बाटो जोडेर त्यसपछि ठेक्का लगाउने परिस्थिति बनेको हो ।’ उहाँले आफ्नै पहलमा सरकारबाट ११ अर्ब लगानी गर्ने निर्णय गराएको बताउनुभयो । नेपाल टेलिकम, नेपाल सञ्चय कोष र नागरिक लगानी कोषको संयन्त्र जोडेर त्यतिबेला ३४ अर्वको लागत अनुमान गरिएको उहाँले बताउनुभयो । 

पछिल्लो समयमा यसको निर्माणमा मिलेमतो, ढिलासुस्ती गर्दा समयमै काम सम्पन्न हुन नसकेको उहाँले बताउनुभयो । जति बढेपनि यसको लागत ४८/५० अर्ब भन्दा बढी नजाने भएपनि लागतलाई ढिलासुस्ती र मिलेमतो लगायतका कारणले लागत रकम यो भन्दापनि बढाइएको नेता महतले बताउनुभयो ।

आफुले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको कामलाई शुरु गरी योगदान गरेको भएपनि त्यसको मुल्यांकन नभएको नेता महतको गुनासो छ ।