४ भाद्र २०८३, बिहीबार
,
Latest
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर क्यान्सरका बिरामी तस्करीको औषधीमा निर्भर, अत्यावश्यक औषधी दर्तामा विभागको बेवास्ता चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो २०२०: स्पेनलाई टाइब्रेकरमा हराएर इटाली फाइनलमा



अ+ अ-

लन्डन । युरो २०२० को फाइनलमा इटाली प्रवेश गरेको छ । स्पेनलाई टाइब्रेकरमा ४ २ ले हराउँदै इटाली फाइनलमा प्रवेश गरेको हो । मंगलबार लन्डनस्थित वेम्बली रंगशालामा भएको सेमिफाइनलमा स्पेनका लागि अल्भारो मोरोटा पेनाल्टीमा गोल गर्न चुकेलगत्तै जोर्जिन्होले इटालीका लागि निर्णायक गोल गरेका थिए । पछिल्ला ३३ खेलमा अपराजित इटालीले फेडरिको चिसाको गोलले ६० औं मिनेटमा अग्रता लिएको थियो ।

खेल सकिन १० मिनेट अगाडि सब्स्टिच्युटका रुपमा आएका मोराटाले बराबरी गोल गरे । ९० मिनेटमा बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो । त्यसमा पनि गोल नभएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो ।

युभेन्ट्सका फरवार्ड मोराटा पेनाल्टीमा चुकेपछि स्पेन ठूला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पहिलो पल्ट पराजित भयो । रोबर्टो मानचिनीको इटाली पछिल्ला १३ खेलमा लगातार विजयी रहेको छ र फाइनल प्रवेशका लागि टिम पूर्णतस् हकदार देखिन्छ । अब आइतबार वेम्बलीमै हुने उपाधिको भिडन्तमा इटालीले इंग्ल्यान्ड अथवा डेनमार्कको सामना गर्नेछ । दोस्रो सेमिफाइनल बुधबार हुँदैछ ।