२१ असार २०८३, आईतवार
,
Latest
ए–स्टार नेपाल बास्केटबलको उपाधि ग्रीनफोर्ड नाइट्सलाई दश ओलम्पियन खेलाडी सम्मानित डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते ट्रम्पद्वारा अमेरिकाको स्थापना र स्वतन्त्रताको मुक्त कण्ठले प्रशंसा, अमेरिका सधैँ ‘कम्युनिस्ट विचार’ विरोधी रहेको उल्लेख चीन उत्तर कोरियासँग ‘स्थिर’ सम्बन्ध विकास गर्न सहमत भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम  ‘डिस्प्ले बोर्ड’मा पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने धारापानी-झिनडाँडा खण्ड स्तरोन्नति अलपत्र सडक निर्माणका लागि पूर्वाधार विकासमन्त्रीको ध्यानाकर्षण मधेस प्रदेश सरकारले ल्याएको बजेट पुनर्लेखन गर्नुपर्ने प्रतिपक्षको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वतमा खोलाले गाडी बगायो, तीन जना बेपत्ता



अ+ अ-

पर्वत । जिल्लाको कुश्मा नगरपालिका–८ मा पर्ने सुन्दरे खोलाले गाडी बगाउँदा गाडीमा सवार तीन जना बेपत्ता भएका छन् । गए रातिको भीषण वर्षाले बढेको खोला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको गाडी र त्यसमा सवार तीन जना बेपत्ता भएका हुन् । 

बेपत्ता हुनेमा कन्स्ट्रक्सनका साइट इन्चार्ज इञ्जीनियर राजाराम आचार्य र गाडी चालक इन्द्र थारु रहनुभएको छ । अर्का एक जनाको नाम खुल्न नसकेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । 

प्रहरीले राति १२ बजेदेखि नै खोजी गरिरहे पनि अवस्था पत्ता लाग्न सकेको छैन । अहिले पनि सुन्दरेखोला र मोदीखोलामा खोजी भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो । बाढीले तीन वटा घर पनि बगाएको छ । खोला किनारमा रहेका घर बाढीले बगाए पनि घरभित्रका मानिसहरु घर छोडेर भागेपछि बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।