२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा, कोलम्बियालाई टाइब्रेकरमा हरायो



अ+ अ-

एजेन्सी । अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान ब्राजिलको इस्टेडीओ नेसनल डी ब्रासालिया मैदानमा भएको खेलमा कोलम्बियालाई पेनाल्टी सुट आउटमा ३-२ गोलले पराजित गर्दै अर्जेन्टिनाले ब्राजिलसँगको भेट पक्का गरेको हो ।

निर्धारित समयसम्म दुबै टिमले १/१ गोलको बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटबाट छिनोफानो लाग्योे । 

खेलको ७ औं मिनेटमा लौटारो मार्टिनेजको गोलबाट अर्जेन्टिनाले खेलमा सुरुवाती अग्रता बनाएको थियो । ६१ औं मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई बराबरीमा ल्याए । त्यसपछि दुबै टिमबाट गोल गर्ने प्रयास भएपनि थप गोल हुन नसक्दा खेल टाइब्रेकरमा गयो ।

फाइनलमा ब्राजिल र अर्जेन्टिनाको भिडन्त हुनेछ । फाइनल खेल आइतबार बिहान नेपाली समयानुसार ५ः४५ बजे ब्राजिलको मैदान माराकानामा हुनेछ ।