काठमाडौं । सर्वोच्चले नेकपा भंग गरेर एमाले तथा माओवादी केन्द्र ब्युँत्याएपछि एमालेमा लागेका पूर्वमाओवादी नेताहरु निर्वाचन आयोगमा जाँदैछन् ।
एमालेमा समाहित भएका पूर्व माओवादीहरूले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) अवैधानिक रहेको प्रमाणसहित आयोगमा जाने तयारी गरेका हुन् ।
माओवादी केन्द्रको महाधिवेशन नभएको र एकीकृत माओवादीको नामबाट क्रियाशील पार्टी कसरी माओवादी केन्द्र बन्यो ? भन्ने प्रश्न सो समूहले उठाएको छ ।