१४ श्रावण २०८३, बिहीबार
,
Latest
सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश प्रचण्डकाे प्रश्नः संविधान कमजोर पार्ने प्रयास त भइरहेको छैन? सरकार असफल भए राष्ट्र नै असफल हुने खतरा छः पूर्वप्रधानमन्त्री दाहाल नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो सुनसरी घटनाबारे संयोजक दाहाल–गोली चलाउनुपर्ने अवस्था थियो ? नेपाल–जापान सामाजिक–सांस्कृतिक समानता प्रदर्शनी शुरु संसदमा प्रचण्डको सम्बोधन सुरु सुनसरी घटनाको विरोधमा जनकपुरधाम बन्द, जनजीवन प्रभावित प्रतिनिधि सभाको शुन्य समयः सुनसरी घटना, सीमा सुरक्षा र सरकारको कार्यशैलीप्रति सांसदहरूको ध्यानाकर्षण वर्ल्डलिंकबाट सुरु भयो विद्युत् प्राधिकरणको पोल भाडा बक्यौता भुक्तानी प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

ल्होत्से मलबाट ८ करोड भन्दा बढीको मोबाइल लुटिएको व्यवसायीको दाबी



अ+ अ-

काठमाडौं । सोमबार ल्होत्से मलमा यातायात मजदुरहरुले गरेका तोडफोड र लुटपाटमा आठदेखि १० करोड रुपैयाँ बराबरको नोक्सान भएको नेपाल मोबाइल व्यवसायी संघले दाबी गरेको छ ।

सोमबार बेलुकी यातायात मजदुरहरुले काठमाडौंका माछापोखरी र नयाँबसपार्क क्षेत्रमा गरेको प्रदर्शनको क्रममा तीन ठाउँमा मोबाइल पसलमा लुटपाट गरेका थिए ।

ल्होत्से मलमा मोबाइल पसल सन्चालन गरेका व्यवसायी अर्जुन चालिसेले लुटपाट र तोडफोडबाट ८ देखि १० करोड रुपैयाँ बराबरको क्षति भएको बताए । नेपाल मोबाइल व्यवसायी संघका उपाध्यक्ष समेत रहेका चालिसेले मोबाइलको स्टोर रुम, पसल र सर्भिस सेन्टरबाट मोबाइल तथा तिनका पार्टपूर्जा लुटपाट भएको बताएका छन् ।

सामाजिक सन्जालमा सार्वजनिक भएको सीसीटीभी फुटेजमा ल्होत्से मलमा रहेको मोबाइल पसलको सटर खोलेर एक हुल प्रवेश गरी तोडफोड र लुटपाट गरेको दृष्य देखिन्छ ।

प्रहरीलेघटनाबारे अनुसन्धान भईरहेको बताएको छ । मोबाइल व्यवसायीहरुले आज पत्रकार सम्मेलन गरेर घटनाको विस्तृत जानकारी गराउँदैछन् ।