२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ल्होत्से मलबाट ८ करोड भन्दा बढीको मोबाइल लुटिएको व्यवसायीको दाबी



अ+ अ-

काठमाडौं । सोमबार ल्होत्से मलमा यातायात मजदुरहरुले गरेका तोडफोड र लुटपाटमा आठदेखि १० करोड रुपैयाँ बराबरको नोक्सान भएको नेपाल मोबाइल व्यवसायी संघले दाबी गरेको छ ।

सोमबार बेलुकी यातायात मजदुरहरुले काठमाडौंका माछापोखरी र नयाँबसपार्क क्षेत्रमा गरेको प्रदर्शनको क्रममा तीन ठाउँमा मोबाइल पसलमा लुटपाट गरेका थिए ।

ल्होत्से मलमा मोबाइल पसल सन्चालन गरेका व्यवसायी अर्जुन चालिसेले लुटपाट र तोडफोडबाट ८ देखि १० करोड रुपैयाँ बराबरको क्षति भएको बताए । नेपाल मोबाइल व्यवसायी संघका उपाध्यक्ष समेत रहेका चालिसेले मोबाइलको स्टोर रुम, पसल र सर्भिस सेन्टरबाट मोबाइल तथा तिनका पार्टपूर्जा लुटपाट भएको बताएका छन् ।

सामाजिक सन्जालमा सार्वजनिक भएको सीसीटीभी फुटेजमा ल्होत्से मलमा रहेको मोबाइल पसलको सटर खोलेर एक हुल प्रवेश गरी तोडफोड र लुटपाट गरेको दृष्य देखिन्छ ।

प्रहरीलेघटनाबारे अनुसन्धान भईरहेको बताएको छ । मोबाइल व्यवसायीहरुले आज पत्रकार सम्मेलन गरेर घटनाको विस्तृत जानकारी गराउँदैछन् ।