३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो २०२०ः डेनमार्कलाई हराउँदै इंग्ल्यान्ड फाइनलमा प्रवेश, फाइनलमा इटालीसंग सामना हुँदै



अ+ अ-

लन्डन । युरो–२०२० को फाइनलमा इंग्ल्यान्ड पुगेको छ । बुधबार राति लन्डनस्थित वेम्ब्ली रंगशालामा भएको सेमिफाइनलमा डेनमार्कलाई २–१ ले हराउँदै इंग्ल्यान्ड फाइनलमा पुगेको हो । खेल १–१ को बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा गएको थियो । खेलको ३०औं मिनेटमा डेनमार्कका लागि मिकेल ड्याम्स्गार्डले गोल गर्दै अग्रता लिएको थियो । तर त्यसको ९ मिनेटमै इंग्लिस खेलाडी बुकायो साकाको क्रसलाई रोक्ने क्रममा डेनमार्कका सिमोन जायरले आत्मघाती गोल गर्न पुगेका थिए ।

खेलको १०३औं मिनेटमा डेनमार्कका योकिम मिहलले रहिम स्टर्लिङलाई डिबक्स एरियामा फल गरेपछि इंग्ल्यान्डले पेनाल्टी पाएको थियो । इंग्लिस कप्तान ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनलमा पुर्‍याउन सफल भए ।

पहिलो प्रहार डेनिस गोलरक्षक कास्पर्स माइकलले रोके पनि रिबाउन्ड भएर आएको बललाई केनले गोलमा परिणत गरेका थिए । इंग्ल्यान्डले अब फाइनलमा इटालीको सामना गर्नेछ । फाइनल खेल पनि आइतबार राति १२ः४५ बजे वेम्ब्ली रंगशालामा हुनेछ ।