२ पुष २०८२, बुधबार
,
Latest
एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन माछा मार्न गएका एक पुरुष मृत फेला सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण नेपाल अफगानिस्तानसँग पराजित किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो २०२०ः डेनमार्कलाई हराउँदै इंग्ल्यान्ड फाइनलमा प्रवेश, फाइनलमा इटालीसंग सामना हुँदै



अ+ अ-

लन्डन । युरो–२०२० को फाइनलमा इंग्ल्यान्ड पुगेको छ । बुधबार राति लन्डनस्थित वेम्ब्ली रंगशालामा भएको सेमिफाइनलमा डेनमार्कलाई २–१ ले हराउँदै इंग्ल्यान्ड फाइनलमा पुगेको हो । खेल १–१ को बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा गएको थियो । खेलको ३०औं मिनेटमा डेनमार्कका लागि मिकेल ड्याम्स्गार्डले गोल गर्दै अग्रता लिएको थियो । तर त्यसको ९ मिनेटमै इंग्लिस खेलाडी बुकायो साकाको क्रसलाई रोक्ने क्रममा डेनमार्कका सिमोन जायरले आत्मघाती गोल गर्न पुगेका थिए ।

खेलको १०३औं मिनेटमा डेनमार्कका योकिम मिहलले रहिम स्टर्लिङलाई डिबक्स एरियामा फल गरेपछि इंग्ल्यान्डले पेनाल्टी पाएको थियो । इंग्लिस कप्तान ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनलमा पुर्‍याउन सफल भए ।

पहिलो प्रहार डेनिस गोलरक्षक कास्पर्स माइकलले रोके पनि रिबाउन्ड भएर आएको बललाई केनले गोलमा परिणत गरेका थिए । इंग्ल्यान्डले अब फाइनलमा इटालीको सामना गर्नेछ । फाइनल खेल पनि आइतबार राति १२ः४५ बजे वेम्ब्ली रंगशालामा हुनेछ ।