• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   नेपालले हिमालका मुद्दामा समान स्वार्थ भएका मुलुकलाई संगठित गर्नुपर्छ: जलवायुविज्ञ ★   प्रेस तटस्थ, स्वतन्त्र र सबल हुदा लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुन्छ: राष्ट्रपति पौडेल ★   महिलाको लगानीमा सरफ उद्योग सञ्चालन ★   आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा ★   सभामुखले बोलाए प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताको बैठक ★   आईपीएलमा आज: हैदरावाद र मुम्बई खेल्दै ★   एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छ: मन्त्री भण्डारी ★   संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन हुन सकेनन्: मन्त्री शर्मा ★   माधव नेपालले बोलाए संसदीय दलको बैठक ★   तोलामा रु दुई सयले बढ्यो सुनको मूल्य

टर्कीमा नेपालले पठायो २२ टन राहत सामग्री



काठमाडौँ । महाविनाशकारी भूकम्पबाट प्रभावित टर्कीका पीडितहरुका लागि नेपाल सरकारले राहत सामग्रीको पहिलो खेप पठाएको छ । सोमबार दिउँसो २२ टनभन्दा बढी राहत सामग्री पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राहत सामग्रीमा औषधि, मेडिकल उपकरण, न्याना कपडालगायत अत्यावश्यक सामग्री रहेका छन् । गत सोमबार टर्कीमा शक्तिशाली भूकम्प गएको थियो । भूकम्पमा परी टर्की र सिरियामा गरी करिब ३० हजारको मृत्यु भएको बताइएको छ ।

माघ २५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले टर्कीमा अत्यावश्यक राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो ।