• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

ला लिगाः बार्सिलोनाको संघर्षपूर्ण जित



एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले जित निकालेको छ । आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले भिल्लारियललाई १-० गोलले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन एकमात्र निर्णायक गोल पेड्रीले गरे । खेलको तेस्रो मिनेटमा नै बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले गोल गर्ने अवसर गुमाए । भिल्लारियलका गोलकिपरसँग वान टु वानको अवस्थामा उनी गोल गर्न चुके । गोलकिपर पेपे रैनाले उनको प्रहारलाई उत्कृष्ट बचाउ गरेका थिए ।

खेलको १८ औं मिनेटमा पेड्रीले गोल गर्दै पाहुना टोली बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । लेवान्डोस्कीले उनलाई पास उपलब्ध गराएका थिए । राफिन्हाले पेड्रीलाई बल दिए । त्यसपछि पेड्रीले लेवान्डोस्कीलाई बल दिँदै आफू अगाडि बढे । लेवान्डोस्कीको वान टच पासमा पेड्रीले गोल गरे ।

जितसँगै शीर्षस्थानको बार्सिलोनाको २१ खेलबाट ५६ अंक छ । एक खेल कम खेलेको रियल मड्रिड ४५ अंकसहित दोस्रो स्थानमा छ । यस्तै, पराजित भिल्लारियल २१ खेलबाट ३१ अंकसहित ११ औं स्थानमा छ ।