६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारी बर्षाको कारण विराटनगरमा ५ सय बढी घर डुबानमा



अ+ अ-

विराटनगर । मुसलधारे वर्षासँगै खोलामा आएको बाढी बस्तिमा बस्दा विराटनगरमा ५०० बढी घर डुबानमा परेको छ ।

विराटनगरको पूर्वतर्फ संघीया र पश्चिमतर्फ केसलीया रहेका खोलाको बाढी तटीय बस्तीमा पस्दा वडा नम्बर ६ का ५ सय घर डुबानमा परेको वडाध्यक्ष हरिशचन्द्र सहनीले जानकारी दिए ।

यस्तै, केसलिया खोलाको बाढी पनि वडा नम्बर १२ को बस्तीमा पसेको मोरङ प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेत जानकारी दिए ।केसलिया खोलाले ६० बढी घर डुबानमा परेका छन् । विराटनगरका वडा नम्बर ४, ६ र ११ नम्बर वडाका बस्ती डुबानमा परेका छन् ।

मंगलबार रातिदेखि परेको पानी नरोकिएपछि विराटनगरका विद्यालय पनि बिदा भएको छ । वर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र डुबानमा परेपछि बाढी प्रभावितलाई राख्नका लागि विद्यालय र सामुदायिक भवनलाई तयारी अवस्थामा राखिएको विराटनगर महानगरका प्रवक्ता तथा विराटनगर–५ का वडाध्यक्ष सन्तोष न्यौपानेले जानकारी दिए ।

भारी बर्षासँगै पानीको बहाव बढेपछि सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

तस्बिर: मिलन खरेल