१४ श्रावण २०८३, बिहीबार
,
Latest
महोत्तरीमा वन कर्मचारीमाथी भएको आक्रमणको विरोधमा माईतीघरमा प्रदर्शन यो वर्ष दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना माईतीघरमा लघुवित्तपीडितको सामुहिक आमरण अनशन तेस्रो दिन पनि जारी प्रतिपक्षी दलले मात्र होइन सिंगो देशवासीले सरकार खोजिरहेको छः आर्यन राई गुठी समस्या समाधान र बाँदर नियन्त्रणका लागि तत्काल कानून निर्माण गर्न सरकारसँग माग सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय सुनसरीको देवानगञ्ज झडप प्रकरणः प्रहरी दमन र सरकारी कमजोरीबारे एमाले सांसद बरालद्वारा सदनको ध्यानाकर्षण प्रधानमन्त्रीले संसदमा उभिएर स्पष्टीकरण दिनुपर्छः पूर्वप्रधानमन्त्री दाहाल बालेनलाई प्रचण्डको सुझावः अहंकार त्याग्नुस्, नत्र दुर्भाग्य हुनेछ सेवाग्राहीको सुविधाका लागि राहदानी आवेदन फाराम आगामी सोमबारसम्म खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्कीमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २४ हजार ६१७ पुग्योः खोज र उद्धार कार्य जारी



अ+ अ-

काठमाडौँ । भूकम्पबाट प्रभावित टर्कीको अन्टाक्यामा उद्धार र खोज टोलीले देशमा मृत्यु हुनेको सङ्ख्या २४ हजार ६१७ पुगेको उल्लेख गरेको छ ।

देशकै सुन्दर शहर अन्टाक्या भग्नावशेषको थुप्रो बनेको छ । यहाँका बासिन्दाहरू आफ्ना सपनाका घरहरू खरानीमा परिणत भएकोमा अत्यन्त दुःखित छन् । भूकम्प पीडित घरबारविहीन भएका मानिसहरू खुला आकाशमुनि बसेर आगोको सहारामा घरबाट बाहिर निस्केको भग्नावशेषका फोहोर हेरिरहेका छन् । घरका अतिरिक्त विलासी कारहरू एवं सवारी साधनहरू पनि भूकम्पबाट बच्न सकेनन् र भग्नावशेषमा परिणत भए ।

यसैबीच सरकारले राहत उद्धार कार्य तीव्र गतिमा भइरहेको जनाएको छ । अन्टाक्याको सुन्दर मस्जिद पनि भूकम्पको धक्काबाट बच्न सकेन, भूकम्पले ध्वस्त भयो । भूकम्प पीडित शहरमा चारैतिर आतङ्क छाएको छ । सडकमा प्रहरी र सेनाले एम्बुलेन्स र उद्धारका अन्य सवारीसाधनलाई बाटो देखाइरहेको दृष्य देख्न सकिन्छ ।

मृतकको सङ्ख्या बढ्दै जाँदा संयुक्त राष्ट्रसंघका राहत प्रमुख मार्टिन ग्रिफिथ्सले यस हप्ताको शुरुमा दक्षिणी टर्की र उत्तरपश्चिमी सिरियामा गएको शक्तिशाली भूकम्पलाई शताब्दीकै ‘सबैभन्दा नराम्रो घटना’ भनेर उल्लेख गरेका छन् ।

यसैबीच यहाँको प्रहरीले भग्नावशेष क्षेत्रमा लुटपाट गरेको आरोपमा करिब १०० जनालाई गिरफ्तार गरेको टर्कीको सरकारी समाचार एजेन्सी अनादोलुलाई उद्धृत गर्दै सीएनएनले उल्लेख गरेको छ। ‘मिडिया प्रतिबन्धका कारण’ गुमनाम रहन चाहने सुरक्षा स्रोतहरूका अनुसार टर्कीको दक्षिणी हाते प्रान्तमा क्षतिग्रस्त भवनहरूमा लुटपाटमा संलग्न रहेको आरोपमा ४२ जना संदिग्धमाथि अनुसन्धान गरिएको थियो । ती मध्ये ४० जनालाई पक्राउ गरिएको छ ।

यसैगरी दक्षिणी गाजियन्टेपमा भूकम्प पीडितलाई फोनबाट ठगी गरेको आरोपमा इस्तानबुलमा कम्तीमा छ जनालाई पक्राउ गरिएको सीएनएनले जनाएको छ । देशका भूकम्प प्रभावित अन्य क्षेत्रहरूमा लुटपाट र डकैतीको आरोपमा कैयौं अन्य संदिग्धहरूलाई पनि पक्राउ गरिएको सीएनएनले बताएको छ । संदिग्धहरूलाई कहरामनमारस, हाताय, अदियामान, मालत्या, ओस्मानी, अडाना, गाजियन्टेप र सानलिउर्फालगायत विभिन्न आठ प्रान्तबाट पक्राउ गरिएको हो ।




भर्खरै