२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्कीमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २४ हजार ६१७ पुग्योः खोज र उद्धार कार्य जारी



अ+ अ-

काठमाडौँ । भूकम्पबाट प्रभावित टर्कीको अन्टाक्यामा उद्धार र खोज टोलीले देशमा मृत्यु हुनेको सङ्ख्या २४ हजार ६१७ पुगेको उल्लेख गरेको छ ।

देशकै सुन्दर शहर अन्टाक्या भग्नावशेषको थुप्रो बनेको छ । यहाँका बासिन्दाहरू आफ्ना सपनाका घरहरू खरानीमा परिणत भएकोमा अत्यन्त दुःखित छन् । भूकम्प पीडित घरबारविहीन भएका मानिसहरू खुला आकाशमुनि बसेर आगोको सहारामा घरबाट बाहिर निस्केको भग्नावशेषका फोहोर हेरिरहेका छन् । घरका अतिरिक्त विलासी कारहरू एवं सवारी साधनहरू पनि भूकम्पबाट बच्न सकेनन् र भग्नावशेषमा परिणत भए ।

यसैबीच सरकारले राहत उद्धार कार्य तीव्र गतिमा भइरहेको जनाएको छ । अन्टाक्याको सुन्दर मस्जिद पनि भूकम्पको धक्काबाट बच्न सकेन, भूकम्पले ध्वस्त भयो । भूकम्प पीडित शहरमा चारैतिर आतङ्क छाएको छ । सडकमा प्रहरी र सेनाले एम्बुलेन्स र उद्धारका अन्य सवारीसाधनलाई बाटो देखाइरहेको दृष्य देख्न सकिन्छ ।

मृतकको सङ्ख्या बढ्दै जाँदा संयुक्त राष्ट्रसंघका राहत प्रमुख मार्टिन ग्रिफिथ्सले यस हप्ताको शुरुमा दक्षिणी टर्की र उत्तरपश्चिमी सिरियामा गएको शक्तिशाली भूकम्पलाई शताब्दीकै ‘सबैभन्दा नराम्रो घटना’ भनेर उल्लेख गरेका छन् ।

यसैबीच यहाँको प्रहरीले भग्नावशेष क्षेत्रमा लुटपाट गरेको आरोपमा करिब १०० जनालाई गिरफ्तार गरेको टर्कीको सरकारी समाचार एजेन्सी अनादोलुलाई उद्धृत गर्दै सीएनएनले उल्लेख गरेको छ। ‘मिडिया प्रतिबन्धका कारण’ गुमनाम रहन चाहने सुरक्षा स्रोतहरूका अनुसार टर्कीको दक्षिणी हाते प्रान्तमा क्षतिग्रस्त भवनहरूमा लुटपाटमा संलग्न रहेको आरोपमा ४२ जना संदिग्धमाथि अनुसन्धान गरिएको थियो । ती मध्ये ४० जनालाई पक्राउ गरिएको छ ।

यसैगरी दक्षिणी गाजियन्टेपमा भूकम्प पीडितलाई फोनबाट ठगी गरेको आरोपमा इस्तानबुलमा कम्तीमा छ जनालाई पक्राउ गरिएको सीएनएनले जनाएको छ । देशका भूकम्प प्रभावित अन्य क्षेत्रहरूमा लुटपाट र डकैतीको आरोपमा कैयौं अन्य संदिग्धहरूलाई पनि पक्राउ गरिएको सीएनएनले बताएको छ । संदिग्धहरूलाई कहरामनमारस, हाताय, अदियामान, मालत्या, ओस्मानी, अडाना, गाजियन्टेप र सानलिउर्फालगायत विभिन्न आठ प्रान्तबाट पक्राउ गरिएको हो ।