काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदरबारको अर्थमन्त्रालयमा जारी छ ।
बैठक शुरू हुनुअघि भीम रावल वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए । वार्तामा आफ्नो पक्षबाट प्रस्तुत हुनेबारे रणनीतिको लागि छलफल गर्न रावलले नेपाललाई भेटेको स्रोतले बताएको छ ।
रावल सिंहदरवार फर्केलगत्तै अहिले वार्ता जारी छ । बुधबार दिउँसो नेताहरूले विवाद समाधानउन्मुख भएको बताउँदै आजसम्ममा सहमति हुने बताएका थिए ।
यस्तै हिजो राति नै पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच होटल मेरियटमा भेटवार्ता भएको थियो ।