२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनयुद्ध दिवसका नाममा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णयप्रति आपत्ति



अ+ अ-

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले वाग्मती र कर्णाली प्रदेशमा ‘जनयुद्ध दिवस’ को अवसर भन्दै भोलि फागुन १ गते दिइएको सार्वजनिक बिदाप्रति तीव्र असहमति र गम्भीर आपत्ति प्रकट गरेको छ ।

वाग्मती प्रदेश सरकारले माघ २४ गते र त्यसभन्दा अघि कर्णाली प्रदेश सरकारले ‘जनयुद्ध दिवस’ का अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

“यो विवादास्पद निर्णयले लोकतन्त्र र अहिंसाका सार्वभौम मान्यताको प्रतिकूल छ भन्ने शान्ति समाजको धारणा रहेको छ”, समाजले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।

यसैगरी समाजले माघ २७ गते काठमाडौँमा राष्ट्रपति विद्यादेवी भण्डारीको आवागमनको सन्दर्भलाई जोडेर सडकमा निस्किएको भन्दै चिकित्सक कुट्ने प्रहरी कृत्यको निन्दा गरेको छ ।

राजतन्त्र उन्मूलन भइसकेपछि पनि त्यसैको अवशेषका रुपमा नागरिकलाई सास्ती दिनेगरी कायम रहेको कथित ‘सवारी’ प्रक्रिया लोकतान्त्रिक गणतन्त्रको मर्म विपरित रहेको समाजले जनाएको छ ।