२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोनाकोसँग हार्यो पीएसजी



अ+ अ-

काठमाडौँ । फ्रान्सेली लिग वान फुटबल अन्तर्गत शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी)ले हार ब्यहोरेको छ ।

शनिबार राति भएको खेलमा पीएसजीलाई मोनाकोले ३-१ गोल अन्तरले हराएको हो ।

खेलको चौंथो मिनेटमा एलेक्सान्ड्र गोलोभिनले गोल गर्दै मोनाकोलाई अग्रता दिलाएका थिए । खेलको १८ औं मिनेटमा विसम बेन एड्डरले गोल गर्दै मोनाकोको अग्रता दोब्बर बनाए ।

३९ औं मिनेटमा वारेन इम्रीले गोल गर्दै पीएसजीलाई २-१ को अवस्थामा ल्याए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा विसमले व्यक्तिगत दोस्रो गोल गर्दै मोनाकोलाई ३-१ को जित दिलाए ।

जितसँगै मोनाको २३ खेलमा ४७ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । पीएसजी ५४ अंकका साथ शीर्ष स्थानमा यथावत छ ।