३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक

देवानगञ्ज घटनाप्रति एमाले अध्यक्ष ओलीको चिन्ता, संयम र संवादमार्फत समाधान खोज्न आग्रह

देवानगञ्ज घटनाप्रति एमाले अध्यक्ष ओलीको चिन्ता, संयम र संवादमार्फत समाधान खोज्न आग्रह
अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा उत्पन्न तनावपूर्ण अवस्था, राज्य पक्षबाट भएको बल प्रयोग तथा त्यसक्रममा स्थानीय युवा ओमप्रकाश मेहता र सिरहाका गणेश यादवको गोली लागेर भएको मृत्युको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै अध्यक्ष ओलीले पछिल्ला घटनामा अन्य नागरिकहरू पनि गम्भीर घाइते भएको उल्लेख गर्दै हिंसात्मक घटनाको क्रम नरोकिई सिरहा लगायतका विभिन्न स्थानमा समेत थप नागरिकको ज्यान गएको खबरले आफू स्तब्ध र मर्माहत भएको बताउनुभएको छ।

उहाँले घटनामा ज्यान गुमाएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।

अध्यक्ष ओलीले वर्तमान संवेदनशील परिस्थितिमा सबै नागरिक, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी तथा सरोकारवालालाई संयमता अपनाउन, भ्रामक प्रचारको पछि नलाग्न र सामाजिक सद्भाव तथा राष्ट्रिय एकता कायम राख्न आग्रह गर्नुभएको छ।

उहाँले नागरिकको जिउधनको सुरक्षा गर्नु तथा संवादमार्फत समस्याको समाधान खोज्नु सरकारको पहिलो दायित्व भएको उल्लेख गर्दै सरकारले देखाएको उदासीनता, अत्यधिक बल प्रयोग र मौनताको आलोचना गर्नुभएको छ। हिंसात्मक गतिविधि तत्काल रोक्न र अविलम्ब संवादको माध्यमबाट समस्याको समाधान खोज्न उहाँले सरकारसँग आग्रह गर्नुभएको छ।

ओलीले मुलुक विषम परिस्थितिबाट गुज्रिरहेका बेला प्रमुख राजनीतिक दलहरूले आरोप–प्रत्यारोपभन्दा माथि उठेर शान्ति, सुरक्षा र स्थायित्वका लागि सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ। साथै, द्वन्द्व र हिंसाले समस्याको समाधान नदिने भन्दै संवाद, सहमति र जिम्मेवार सहकार्यबाट मात्रै मुलुकले निकास पाउने विश्वास व्यक्त गर्नुभएको छ।

उहाँले राष्ट्रको शान्ति, सुरक्षा र सामाजिक सद्भाव जोगाउन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा धार्मिक र सामाजिक अगुवाहरूलाई राष्ट्रिय हितका लागि एकजुट हुन आह्वान गर्नुभएको छ।