३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दियोः उपराष्ट्रपति यादव एमाले पदाधिकारीको ताजा अपडेटः कसले कति मत पाए ? (सूचीसहित) एमाले महाधिवेशन: अध्यक्षमा ओलीको दोब्बरभन्दा बढीको अग्रता जेन–जी आन्दोलनपछिको तीन महिनामा सरकारले पुनरुत्थान र पुनःनिर्माणको बाटोमा आशा जगायोः मन्त्री खनाल शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्मेनिया–टर्कीए मार्ग पैतीस वर्षपछि खुला



अ+ अ-

एजेन्सी । आर्मेनिया र टर्कीएबीचको सिमाना मार्ग ३५ वर्षपछि पहिलो पटक खोलिएको छ । भूकम्पबाट क्षतविक्षत भएको टर्कीएलाई मानवीय सहायता परिचालनका निम्ति उक्त बाटो खोलिएको सरकारी अधिकारीले बताएका छन् ।

औषधि, खाद्य पदार्थ र पानी बोकेका पाँच वटा ट्रक एलिकन सीमाबा टर्कीए आइ पुगेका आर्मेनियासँग वार्ता गरेका टर्कीएका विशेष दूत सेरदार किलिकले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले आर्मेनियाली राष्ट्रियसभाका उपाध्यक्ष रुबेन रुबिन्यानप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

गत सोमबारको सात दशमलव आठ म्याग्निच्युडको भूकम्पले टर्कीए र सिरियामा हालसम्म करिब २५ हजार मानिसले ज्यान गुमाएका छन् भने हजारौँ घाइते भएका छन् । प्राकृतिक विपत्तिलाई दृष्टिगत गरी उक्त बाटो खोलिएको बताइएको छ । यसअघि उक्त बाटो सन् १९८८ मा आर्मेनियाली भूकम्प पीडितलाई सघाउन खोलिएको थियो । त्यस बेला झण्डै ३० हजार आर्मेनियालीको ज्यान गएको थियो ।

टर्कीए र आर्मेनियाबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको छैन । यद्यपि सन् २०२१ को डिसेम्बरमा दुवै देशले पारस्परिक सम्बन्धलाई सामान्य बनाउन विशेष दूत नियुक्त गरेका छन् । दुवै देशका साझा सिमाना सन् नब्बेको दशकदेखि बन्द छन् । गत वर्षदेखि दुवै मुलुकले व्यावसायिक उडान भने सञ्चालन गरेका छन् ।