१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्लब विश्वकपको उपाधि रियललाई



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल क्लब रियल मड्रिडले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । साउदी अरेबियन क्लब अल हिलाललाई ५–३ गोलले हराउँदै रियल पाँचौंपटक क्लब विश्वकपको च्याम्पियन बनेको हो ।

रियललाई पाँचौपटक च्याम्पियन बनाउन भिनिसियस जुनियर र फेडे भाल्भेर्डेले दुई-दुई तथा कप्तान करिम बेन्जेमाले एक गोल थपे । अल हिलालका लुसियानो डारियो भिएट्टोले दुई तथा मोउसा मारेगाले एक गोल गरे ।

मोरक्कोको रावतस्थित स्टेड प्रिन्स मोउले अब्दल्लाहमा शनिबार राति भएको खेलको १३औं मिनेटमा भिनिसियसले गोल गर्दै रियलले सुरुवाती अग्रता बनाएको थियो ।

१८औं मिनेटमा फेडे भाल्भेर्डेले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । २६औं मिनेटमा मोउसा मारेगाले गोल गरेपछि पहिलो हाफ २–१ मा टुंगियो ।

५४औं मिनेटमा कप्तान करिम बेन्जेमाले भिनिसियसको पासमा गोल गर्दै रियललाई ३–१ ले अग्रता बनाए । ५८औं मिनेटमा फेडे भाल्भेर्डेले ड्यानियल कार्भाजलको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै रियललाई ४-१ को अग्रतामा लगे ।

६३औं मिनेटमा लुसियानोले गोल गर्दै अल हिलाललाई ४–२ को स्थितिमा ल्याए । ६९औं मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरेपछि रियलले खेलमा ५–२ को अग्रता लिन सफल भयो ।

७९औं मिनेटमा लुसियानोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपनि टोलीको हार टार्न सकेनन् । पाँच पटक फाइनल खेलेको रियलले पाँचैपटक उपाधि जित्न सफल रह्यो । रियलले २०१४, २०१६, २०१७, २०१८, २०२२ गरी पाँचपटक कीर्तिमानी उपाधि जित्न सफल रह्यो ।