२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar ५५ दिनसम्म पनि बजेट नल्याएको भन्दै सुदूरपश्चिम सरकारप्रति कांग्रेसको आपत्ति News Polar राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव हुन्छ : राष्ट्रपति पौडेल News Polar माछापुच्छ्रे बैंकलाई दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार News Polar सुनको मूल्य बढ्यो, चाँदीको घट्यो News Polar विपद्पछि पुनर्स्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिन मुख्यमन्त्री थापाको निर्देशन News Polar साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar निधीले भने– ‘विशेष महाधिवेशनले कांग्रेसलाई विभाजित गर्‍यो, अब नयाँ घर निर्माण गर्नुपर्छ’ News Polar पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च News Polar डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न मन्त्री श्रेष्ठको अपिल News Polar कांग्रेसको मतदान दिउँसो १ बजेदेखि, अहिलेदेखि लाइनमा नबस्न निर्वाचन समितिको आग्रह News Polar चाडबाड नजिकिँदै अनलाइन ठगी बढ्यो, पोखरामा एकै व्यक्तिबाट ४ लाख ४२ हजार असुली News Polar बलिउड अभिनेता नाना पाटेकरको निधन News Polar शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति News Polar कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयन गर्न मतदान दिउँसो १ बजेदेखि News Polar मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली News Polar आइसिसीको मान्यताका पर्खाइमा क्यान र एनपिएल टोली News Polar चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा News Polar कांग्रेसको नयाँ नेतृत्व चयन गर्न  मतदान हुँदै News Polar आज  विश्व दृष्टि दिवस

इजरायली हवाई आक्रमणमा हिजबुल्लाह नेता नसरल्लाहको मृत्यु

इजरायली हवाई आक्रमणमा हिजबुल्लाह नेता नसरल्लाहको मृत्यु
अ अ+ अ-

लेबनान: लेबनानको इरान समर्थित हिजबुल्लाह समूहले आफ्ना नेता हसन नसरल्लाहको मृत्यु भएको शनिबार पुष्टि गरेको छ ।

हिजबुल्लाहले लेबनानको राजधानी बेरुतस्थित आफ्नो मुख्यालयमा इजरायली आक्रमणमा नसरल्लाह मारिएको जनाएको हो ।

हिजबुल्लाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हिजबुल्लाहका महासचिव सैयद हसन नसरल्लाहले आफ्ना महान्, अमर शहीद कमरेडहरूसँग सामेल हुनुभएको छ। उहाँको मृत्यु भएको छ ।”

नसरलाहले तीन दशकभन्दा बढी समयदेखि हिजबुल्लाह समुहको नेतृत्व गर्नुभएको थियो ।

इजरायली सेनाले लामो समयदेखि यो आक्रमणको योजना बनाइरहेको बताएको थियो । इजरायलले ६४ वर्षीय नसरुल्लाहलाई कैयौँ इजरायली सैनिक र सर्वसाधारणको हत्याका लागि जिम्मेवार ठहर्‍याएको छ ।

इजराइलले हिजबुल्लाहका नेता हसन नसरल्लाहको हत्या भएको दाबी गरेपछि इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले सामाजिक सञ्जाल एक्समा एक विज्ञप्ति जारी गर्दै लेबनानमा इजरायली आक्रमणबारे आलोचना गर्नुभएको थियो ।

वर्षौंदेखि इरानले हिजबुल्लाहलाई सैन्य र आर्थिक सहयोग प्रदान गर्दै आएको आरोप इजरायलले लगाउँदै आएको छ । खामेनीले आफ्नो वक्तव्यमा हसन नसरल्लाहको नाम नलिइकन सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “एकातिर लेबनानमा निहत्था मानिसहरूको हत्याले कट्टरपन्थी यहूदीहरूको बर्बर स्वभावलाई फेरि एकपटक उजागर गरेको छ। अर्कोतर्फ, यी आक्रमणहरूले इजरायली नेताहरूको नीति कति अदूरदर्शी र मूर्खतापूर्ण छ भन्ने पनि प्रमाणित गरेको छ।”

अयातुल्लाह अली खामेनीले लेबनान र हिजबुल्लाहका जनताको साथमा उभिन र ‘दमनकारी शासनको सामना गर्न’ उनीहरूलाई समर्थन गर्न सबै मुसलमानहरूलाई आग्रह गर्नुभएको छ ।

सन् २००६ मा समूह र इजरायलबीच अन्तिम पटक युद्ध भएयता हिजबुल्लाहको गढमा इजरायली लडाकू विमानले शनिबार रातिसम्म बेरुतको दक्षिण र बाहिरी इलाकामा आक्रमण गरेका थिए ।

सन् २००६ यता नसरल्लाह सार्वजनिक रुपमा विरलै देखिनुभएको थियो ।

सन् १९९२ मा अब्बास अल मुसावीको हत्यापछि उहाँ ३२ वर्षको उमेरमा हिजबुल्लाहको महासचिवमा निर्वाचित हुनुभएको थियो।रासस