२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सुनको मूल्य बढ्यो, चाँदीको घट्यो News Polar विपद्पछि पुनर्स्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिन मुख्यमन्त्री थापाको निर्देशन News Polar साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar निधीले भने– ‘विशेष महाधिवेशनले कांग्रेसलाई विभाजित गर्‍यो, अब नयाँ घर निर्माण गर्नुपर्छ’ News Polar पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च News Polar डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न मन्त्री श्रेष्ठको अपिल News Polar कांग्रेसको मतदान दिउँसो १ बजेदेखि, अहिलेदेखि लाइनमा नबस्न निर्वाचन समितिको आग्रह News Polar चाडबाड नजिकिँदै अनलाइन ठगी बढ्यो, पोखरामा एकै व्यक्तिबाट ४ लाख ४२ हजार असुली News Polar बलिउड अभिनेता नाना पाटेकरको निधन News Polar शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति News Polar कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयन गर्न मतदान दिउँसो १ बजेदेखि News Polar मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली News Polar आइसिसीको मान्यताका पर्खाइमा क्यान र एनपिएल टोली News Polar चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा News Polar कांग्रेसको नयाँ नेतृत्व चयन गर्न  मतदान हुँदै News Polar आज  विश्व दृष्टि दिवस News Polar निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ? News Polar बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना News Polar बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

चाडबाड नजिकिँदै अनलाइन ठगी बढ्यो, पोखरामा एकै व्यक्तिबाट ४ लाख ४२ हजार असुली

चाडबाड नजिकिँदै अनलाइन ठगी बढ्यो, पोखरामा एकै व्यक्तिबाट ४ लाख ४२ हजार असुली
अ अ+ अ-

पोखरा । बडादशैँ र तिहारजस्ता चाडपर्व नजिकिँदै गर्दा पोखरासहित देशभर अनलाइन ठगीका घटना बढ्न थालेका छन् । सामाजिक सञ्जालमा आकर्षक विज्ञापन राखेर सस्तो मूल्यमा सामान उपलब्ध गराउने प्रलोभन देखाउँदै अग्रिम भुक्तानी लिएर सम्पर्कविहीन हुने गिरोह सक्रिय भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले उपभोक्तालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

पछिल्लो समय अनलाइन किनमेलको बढ्दो मोहलाई अपराधीहरूले ठगीको माध्यम बनाइरहेका छन् । भौतिक रूपमा पसलमा पुगेर सामान खरिद गर्नुभन्दा घरमै बसेर मोबाइलमार्फत सामान अर्डर गर्ने प्रवृत्ति बढेसँगै ठगीमा संलग्नहरूले टिकटक, फेसबुक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाललाई प्रयोग गर्ने गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र पासवानका अनुसार गत वर्षको तुलनामा यस वर्ष अनलाइन ठगीसम्बन्धी उजुरीको संख्या बढ्दै गएको छ ।

प्रहरीका अनुसार हालै पोखराका एक व्यक्तिले ‘सन्ध्या कलेक्सन ३५’ नामक टिकटक आइडीमार्फत सामान खरिद गर्ने क्रममा ४ लाख ४२ हजार रुपैयाँ गुमाएका छन् । ५ सय रुपैयाँको कुर्था खरिद गर्ने क्रममा ठगीमा संलग्न व्यक्तिले विभिन्न बहानामा अग्रिम भुक्तानी गर्न लगाउँदै पटक–पटक रकम पठाउन बाध्य बनाएपछि पीडितको खाताबाट ४ लाख ४२ हजार रुपैयाँ रकम निकालिएको थियो ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले धनगढीबाट १७ वर्षीय किशोरलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको छ ।

डीएसपी पासवानले व्यक्तिगत सामाजिक सञ्जाल पेज वा टिकटक आइडीबाट अस्वाभाविक रूपमा सस्तो मूल्यमा सामान बिक्री गर्ने विज्ञापनप्रति सचेत रहन आग्रह गर्नुभयो । उहाँले अनलाइनबाट सामान खरिद गर्दा सम्भव भएसम्म सामान प्राप्त भएपछि मात्रै भुक्तानी गर्ने विधि अपनाउन सुझाव दिनुभयो ।

प्रहरीले अनलाइन किनमेल गर्दा आधिकारिक रूपमा दर्ता भएका तथा विश्वासिला पोर्टलबाट मात्र सामान खरिद गर्न आग्रह गरेको छ । दर्ता नभएका अनलाइन पसलमा विश्वास नगर्ने, जथाभावी अग्रिम रकम नपठाउने र अस्वाभाविक रूपमा सस्तो अफरको प्रलोभनमा नपर्ने हो भने अनलाइन ठगीका घटना न्यूनीकरण गर्न सकिने प्रहरीको भनाइ छ।