२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सुनको मूल्य बढ्यो, चाँदीको घट्यो News Polar विपद्पछि पुनर्स्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिन मुख्यमन्त्री थापाको निर्देशन News Polar साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar निधीले भने– ‘विशेष महाधिवेशनले कांग्रेसलाई विभाजित गर्‍यो, अब नयाँ घर निर्माण गर्नुपर्छ’ News Polar पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च News Polar डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न मन्त्री श्रेष्ठको अपिल News Polar कांग्रेसको मतदान दिउँसो १ बजेदेखि, अहिलेदेखि लाइनमा नबस्न निर्वाचन समितिको आग्रह News Polar चाडबाड नजिकिँदै अनलाइन ठगी बढ्यो, पोखरामा एकै व्यक्तिबाट ४ लाख ४२ हजार असुली News Polar बलिउड अभिनेता नाना पाटेकरको निधन News Polar शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति News Polar कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयन गर्न मतदान दिउँसो १ बजेदेखि News Polar मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली News Polar आइसिसीको मान्यताका पर्खाइमा क्यान र एनपिएल टोली News Polar चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा News Polar कांग्रेसको नयाँ नेतृत्व चयन गर्न  मतदान हुँदै News Polar आज  विश्व दृष्टि दिवस News Polar निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ? News Polar बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना News Polar बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

निधीले भने– ‘विशेष महाधिवेशनले कांग्रेसलाई विभाजित गर्‍यो, अब नयाँ घर निर्माण गर्नुपर्छ’

निधीले भने– ‘विशेष महाधिवेशनले कांग्रेसलाई विभाजित गर्‍यो, अब नयाँ घर निर्माण गर्नुपर्छ’
अ अ+ अ-

जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले पार्टी औपचारिक रूपमा विभाजित भएको घोषणा गर्नुभएको छ ।

जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै नेता निधीले विशेष महाधिवेशनले कांग्रेसलाई वैचारिक र सांगठनिक रूपमा दुई धारमा विभाजित गरिदिएको दाबी गर्दै अब ‘नयाँ घर’ निर्माणको दिशामा अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।

पार्टी विभाजनको मुख्य जिम्मेवार विशेष महाधिवेशन बोलाउने पक्ष नै रहेको आरोप लगाउँदै निधीले लोकतन्त्र भनेको सिद्धान्त मात्र नभई प्रक्रिया र पद्धति पनि भएको बताउनुभयो । बहुमतका आधारमा मात्रै पार्टी सञ्चालन हुन नसक्ने उहाँको भनाइ थियो ।

निर्वाचन आयोगमा पेश गरिएको तथ्यांकलाई आधार मान्दै आफूहरूसँग ४६ प्रतिशतको बलियो आधार रहेको दाबी गर्दै निधीले उक्त मतलाई अवमूल्यन गरेर गरिएका निर्णय स्वीकार्य नहुने जिकिर गर्नुभयो । विशेष महाधिवेशन र त्यसपछि विकसित घटनाक्रमले पार्टीलाई पुनः जोड्न नसक्ने भन्दै उहाँले अब नयाँ ढंगबाट संगठन निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जसले विशेष महाधिवेशन बोलायो, उसैले पार्टी फुटाएको हो । हामीले सुरुदेखि नै प्रक्रियाको कुरा उठाउँदै आएका थियौँ, तर त्यसलाई बेवास्ता गरियो । पुराना पुस्ताका नेताहरूले अझै पनि आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् । त्यसैले हामीले अझ मिहिनेतका साथ नयाँ कार्यदिशा तय गर्नुपर्छ ।’

निधीले विगतमा गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा मिल्न तीन वर्ष लागेको प्रसंग उल्लेख गर्दै आगामी दिनमा परिस्थिति कसरी अघि बढ्छ भन्ने यकिन गर्न नसकिने बताउनुभयो । अहिले भने संगठन निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ थियो ।

आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निधीले कार्यकर्तालाई वडास्तरबाटै नयाँ ऊर्जा र उत्साहका साथ संगठन निर्माणमा जुट्न निर्देशन दिनुभयो । युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्नेमा जोड दिँदै उहाँले आफू वैचारिक रूपमा अझै सक्रिय रहेको र पार्टी पुनर्निर्माणका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै पञ्चायतकालको उदाहरण दिँदै संगठन बलियो भए जस्तोसुकै अवरोध पार गर्न सकिने बताउनुभयो।