१४ श्रावण २०८३, बिहीबार
,
Latest
वीरगञ्जका मुख्य क्षेत्रमा निषेधाज्ञा, भेला–जुलुस र प्रदर्शनमा रोक सुनसरी जाँदै गृहमन्त्री गुरुङ, झडपमा ज्यान गुमाएका मेहता परिवारसँग भेट्ने मधेस प्रदेशको वर्तमान परिस्थितिबारे कोशी र मधेसका सांसदसँग रास्वपा सभापति रवि लामिछानेको छलफल आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल सिरहाको गोलबजारस्थित एबी मलमा तोडफोडपछि आगजनी मधेसको सुरक्षा अवस्थाप्रति रास्वपा सांसद झाको चिन्ता, सरकारको सक्रियता पर्याप्त नभएको आरोप प्रदेश सरकार ‘सरकार’जस्ता नभई ‘ईकाई’ जस्ता भएः सिटौला स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउनु हुँदैनः अध्यक्ष दाहाल सरकार र डा. केसीबीचको सहमतिको विरोधमा निजी मेडिकल कलेजद्वारा रेसिडेन्ट चिकित्सकको स्टाइपेन्ड स्थगन मन्त्री यादवद्वारा शासकीय सुधारका १०० बुँदा कार्यान्वयनमा तीव्रता दिन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्लब विश्वकपको उपाधि रियललाई



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल क्लब रियल मड्रिडले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । साउदी अरेबियन क्लब अल हिलाललाई ५–३ गोलले हराउँदै रियल पाँचौंपटक क्लब विश्वकपको च्याम्पियन बनेको हो ।

रियललाई पाँचौपटक च्याम्पियन बनाउन भिनिसियस जुनियर र फेडे भाल्भेर्डेले दुई-दुई तथा कप्तान करिम बेन्जेमाले एक गोल थपे । अल हिलालका लुसियानो डारियो भिएट्टोले दुई तथा मोउसा मारेगाले एक गोल गरे ।

मोरक्कोको रावतस्थित स्टेड प्रिन्स मोउले अब्दल्लाहमा शनिबार राति भएको खेलको १३औं मिनेटमा भिनिसियसले गोल गर्दै रियलले सुरुवाती अग्रता बनाएको थियो ।

१८औं मिनेटमा फेडे भाल्भेर्डेले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । २६औं मिनेटमा मोउसा मारेगाले गोल गरेपछि पहिलो हाफ २–१ मा टुंगियो ।

५४औं मिनेटमा कप्तान करिम बेन्जेमाले भिनिसियसको पासमा गोल गर्दै रियललाई ३–१ ले अग्रता बनाए । ५८औं मिनेटमा फेडे भाल्भेर्डेले ड्यानियल कार्भाजलको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै रियललाई ४-१ को अग्रतामा लगे ।

६३औं मिनेटमा लुसियानोले गोल गर्दै अल हिलाललाई ४–२ को स्थितिमा ल्याए । ६९औं मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरेपछि रियलले खेलमा ५–२ को अग्रता लिन सफल भयो ।

७९औं मिनेटमा लुसियानोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपनि टोलीको हार टार्न सकेनन् । पाँच पटक फाइनल खेलेको रियलले पाँचैपटक उपाधि जित्न सफल रह्यो । रियलले २०१४, २०१६, २०१७, २०१८, २०२२ गरी पाँचपटक कीर्तिमानी उपाधि जित्न सफल रह्यो ।