२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाविरुद्धको पहिलो टेष्टमा भारत विजयी



अ+ अ-

काठमाडौँ । स्पिनरद्वय रविचन्द्रन आश्विन र रविन्द्र जडेजाको सानदार बलिङमा भारतले अस्ट्रेलियाविरुद्धको पहिलो टेष्टमा एक इनिङ्स र १३२ रनको जितसहित शृंखलामा अग्रता बनाएको छ ।

चार टेष्टको शृंखलाका लागि अस्ट्रेलियन टोली भारत भ्रमणमा छ । नागपुरको जाम्था क्रिकेट स्टेडियममा शनिबार भएको दोस्रो इनिङ्समा भारतीय बलरले अस्ट्रेलियालाई ९१ रनमा अलआउट गरेको हो ।

यसअघि भारतको पहिलो इनिङ ४ सय रनमा समेटिएको थियो । यस्तो अवस्थामा आयोजकले पहिलो इनिङ्समा २२३ रनको अग्रता लिएको छ ।

अष्ट्रेलियाको तर्फबाट स्टिभ स्मिथले सर्वाधिक २४ रन बनाए । मार्नस लाबुसचेनले १७ रनको योगदान दिए । जबकि डेभिड वार्नर र एलेक्स केरी १०–१० रन बनाएर आउट भए । भारतका स्पिनर रविचन्द्रन आश्विनले ५ विकेट लिए । बलिङतर्फ मोहम्मद सामी र रविन्द्र जडेजाले २–२ विकेट लिए । अक्षर पटेलले एक विकेट लिए ।

यसअघि भारतका लागि कप्तान रोहित शर्माले १२० र अक्षर पटेलले ८४ रन बनाएका थिए । रविन्द्र जडेजाले ७० र मोहम्मद शामीले ३७ रनको उपयोगी पारी खेले । अष्ट्रेलियाका लागि डेब्यु गर्दै टोड मर्फीले ७ विकेट लिए । अष्ट्रेलियाको पहिलो इनिङ्स १७७ रनमा सीमित भएको थियो ।