• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   सीता एयरको जहाजले ठक्कर दिँदा कर्मचारी घाइते ★   कैलाश सिरोहियामाथिको आरोप निराधार र त्रुटीपूर्ण छन्: विमलेन्द्र निधी ★   यस्तो देश जहाँ गाइको डकार र भेँडाको पिसाबमा कर तिर्नुपर्छ ★   हाम्रो शरीरले कति गर्मी सहन सक्छ ? ★   ‘पुजार सार्की’को प्रिमियरमा प्रदीप खड्काले भने– वास्तविक जीवनमा नि छिट्टै विवाह हुन्छ ★   कालीगण्डकी करिडोर: बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति ★   चलचित्र ‘फर्की फर्की’को प्रिमियरपछि कलाकार: ‘अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म’ ★   कोलकाताका सह–मालिक शाहरुख खान अहमदाबादमा अस्पताल भर्ना ★   किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण ★   सन्दीपको भिसा प्रक्रियाका लागि क्यान तातियो, सांसद शाही पनि दौडधुपमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित(भिडियोसहित)



काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गरिएको छ । ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानूनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त भएपछि उहाँलाई निलम्बन गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धकलाई सोबारे जाँचबुझ गर्ने सिलसिलामा महाप्रबन्धक ठाकुरलाई पदबाट निलम्बन गर्न पत्र पठाएको बताइएको छ ।

थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पत्र पठाइने मन्त्रालयले बताएको छ । पछिल्लो दुई वर्षयता ठाकुर विमानस्थलको प्रमुख पदमा कार्यरत हुनुहुन्थ्यो । यसअघि यही माघ ९ गने त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण कुँवरलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको रकमसहित पक्राउ गरेको थियो ।