• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   विदेशमा रहेका नेपालीहरूको हितरक्षाका लागि विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ: प्रधानमन्त्री ★   नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ★   रोहितले द्रविडलाई भनेका थिए – कोचिङ जारी राख्नुहोस् ★   संसदमा साङ्केतिक भाषाको दोभासे राख्न माग ★   आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो ★   प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल ★   विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक ★   सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी ★   मनाङको बाटो सधैँ जोखिमपूर्ण ★   प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ

यसरी लेखियो गुलाबीे



काठमाडौँ । चरित्र प्रस्ट्याउने पोस्टर सार्वजनिक भएदेखि नै चलचित्र ‘गुलाबीः एक रङ’ को चर्चा भइरहेको छ । पोस्टरमा अभिनेता नाजिर हुसेनलाई मात्र चित्रण गरिएको छ । उनी पारालैङ्गिक महिला देखिएका छन् ।

‘लुक्स’लाई आकर्षक बनाउन मेकअपदेखि चरित्र रूपान्तरणमा अभिनेता हुसेनले मेहनत गरेको देखिन्छ । गुलाबी नामको पात्रको भूमिका रहेको चलचित्रलाई समुद्र भट्टले निर्देशन गरेका हुन् ।

“हामीले फिल्मको पात्रको बारेमा जानकारी दिन सार्वजनिक गरेको चरित्र पोस्टरले अपेक्षा बढेको पाएकी छु । यसले मलाई खुसी मिलेको छ भने दायित्व पनि थपेको छ”, निर्देशक भट्टले भने, “यसको कथा तयार भएपछि मैले सोचेकै कलाकारलाई अभिनय गराउन पाएँ । उहाँहरूको उपस्थितिले पात्रलाई जीवन्त बनाएको छ ।”

निर्माणसम्बन्धी सोच कोभिड–१९ कै समयमा आएको निर्देशक भट्टले जानकारी दिए । उनले भने, “म राहत वितरण गर्न जाने क्रममा नीलहिरा समाजमा पुग्दा सुनिएको कथाले आँखा रसाए । त्यसपछि पुराना दुई कथालाई पन्छाउँदै यसको सुरुआत गरेँ ।” उनले पटकथा निर्माण र अनुसन्धानमा लैङ्गिक अल्पसङ्ख्यकको क्षेत्रमा कार्य गर्ने संस्था नीलहिरा समाजसँगै नीति नेपालसँग परामर्श गरेको जानकारी दिए ।

बाहिरी आवरण र भित्री कथाको भिन्नता देख्न पाइने चलचित्रको शीर्ष भूमिकामा देखिएका अभिनेता हुसेनले एक वर्षसम्म पारालिङ्गी महिलालाई अवलोकन गर्नुका साथै चरित्र निर्माणका लागि क्लबदेखि सपिङ मलसम्म पछ्याए । यसमा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, अनुपम श्रेष्ठ र विशाल पहारीकोसमेत अभिनय छ । द स्काइ ओसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र आउँदो वर्षको वैशाखमा प्रदर्शन गर्ने तयारी छ । निर्देशक भट्टले यसअघि ‘रिङरोड’ र ‘आधापेज’जस्ता चलचित्र निर्देशन गरिसकेका छन् । रासस