५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ,सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्दागोभी खानुका यस्ता छन् आठ फाइदा, जान्नुहोस्



अ+ अ-

काठमाडौं । बन्दागोभीमा प्रशस्त मात्रामा फाइबर, बिटाक्यारोटिन, भिटामिन बी१, बी६, भिटामिन के, ई, मिनरल्स, सल्फरका साथै आइरन पाइन्छ । जुन स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । यसले शरीरलाई स्वस्थ्य राख्नुका साथै बिभिन्न रोग लाग्नबाट बचाउँछ । त्यसैले बन्दागोभीको नियमित सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

बन्दागोभीका फाइदाहरु:

१) बन्दागोभीको नियमित सेवन गर्नाले स्तन क्यान्सर, पोस्टेट क्यान्सरका साथै पेटमा अल्सर तथा क्यान्सर हुनबाट बचाउँछ ।

२) यसमा क्लोरिन सल्फर मिनरल्स प्रशस्त मात्रामा हुन्छ जसले पेट सम्बन्धी समस्याहरु (ग्याँस्टिक, कब्जियत तथा अल्सर) बाट छुटकारा पाउन सकिन्छ ।

३) बन्दा गोभीको नियमित सेवन तथा यसको जुस को सेवनले शरीरको तौल कम गर्न मद्दत गर्छ ।

४) बन्दा गोभीमा फ्लोरिक एसिड हुन्छ यसले रगतको सेल्सको निर्माण गर्छ जसले एनिमिया तथा शरीरमा रगतको कमी हुन दिदैन ।

५) यसको नियमित सेवनले त्वचालाई प्राकृतिक रुपमा चमक पैदा गर्छ र त्वचा सम्बन्धी बिभिन्न समस्याबाट छुटकारा मिल्छ ।

६) बन्दा गोभीको नियमित सेवनले त्वचा गोरो बनाउनुका साथै नरम र आकर्षक बनाउन मद्दत गर्छ ।

७) बन्दा गोभीमा प्रशस्त मात्रामा भिटामिन ए हुन्छ जसले आँखा तेजिलो हुनुका साथै आँखा सम्बन्धी बिभिन्न समस्याहरुबाट छुटकारा पाउन सकिन्छ ।

८) यसको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि ल्याउँछ । (एजेन्सीको सहयोगमा)