५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ,सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी बनाउनुहोस् छालालाई स्वस्थ र सुन्दर, अप्नाउनुहोस् घरेलु उपाय



अ+ अ-

काठमाडौं । तपाईको सुत्ने समय निश्चित छैन भने त्यसलाई निश्चित बनाउने प्रयास गर्नुहोस् । कम्तीमा ८ घन्टा अनिवार्य सुत्ने गर्दा राम्रो हुन्छ । सुत्नुपूर्व क्लिन्जिङ, टोनिङ र मोस्चराइजिङ गर्दा राम्रो हुन्छ । हातखुट्टालाई सफा गरी क्रिम प्रयोग गर्दा राम्रो हुन्छ ।

व्यायाम:  छालालाई स्वस्थ बनाउन कम्तीमा एक घन्टा व्यायाम गर्नुपर्छ । यसबाट रौँछिद्रलाई अक्सिजन प्राप्त हुन्छ, रक्तसञ्चार बढ्छ र तुरुन्त इनर्जी प्राप्त हुन्छ । रौँछिद्रबाट अनावश्यक टक्सिन बाहिर निस्किन्छ । पसिना निस्किनाले छालाको डिप क्लिन्जिङ पनि हुन्छ । त्यसैगरी, व्यायाम गर्दा र अन्य समय गरी ८–९ गिलास पानी पिउनुहोस् । साथै, प्रशस्त मात्रामा फलफूल सेवन गर्नुहोस् ।

स्वस्थकर खाना : कीटनाशक एवं रासायनिक मल प्रयोग गरी उब्जाइएको तरकारीबाट टाढा रहनुपर्छ । सागसब्जीलाई आधा घन्टा पानीमा भिजाएर त्यसबाट कीटनाशक औषधिको प्रयोग कम गरी पकाउनुपर्छ । कम खाने र तीनपटक मुख्य आहार लिनुको साटो ६ पटक खाना खानु बढी लाभदायक हुन्छ । स्लिम हुन जे मन लाग्यो त्यही खानुबाट जोगिनुपर्छ । आइरन, भिटामिन बी र सी, जिंक, भिटामिन एयुक्त पौष्टिक खाना खानुपर्छ । जंकफुडबाट टाढा रहनुपर्छ । फाइबरयुक्त खानाले पेटलाई सफा राख्छ र छालामा चमक प्रदान गर्छ । लौका, खरबुजा, लिची, काँक्रो, सागपात आदि जसमा पानीको मात्रा बढी हुने गर्छ, त्यो लाभदायक हुन्छ ।

यी कुरा पनि अपनाऔँ :

कम्तीमा ८ घन्टाको निद्रा
एक घन्टाको व्यायाम
धुम्रपानरहित जीवन
थोरै पनि समस्याका लागि एलोपेथिक औषधिको साटो आयुर्वेदिक औषधिको प्रयोग गर्नु
बढीभन्दा बढी अर्गानिक फुडको प्रयोग
तनावमुक्त हुने र खुसी जीवनको प्रयास
पर्याप्त मात्रामा पानी तथा तरल पदार्थको सेवन
सन्तुलित आहार 
(एजेन्सीको सहयोगमा)