६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

उद्यमशील जनशक्ति विना समृद्धि असम्भव : उपाध्यक्ष संघई

उद्यमशील जनशक्ति विना समृद्धि असम्भव : उपाध्यक्ष संघई
नेपाल उद्योग वाणिज्य महासङ्घले मङ्गलबार लाजिम्पाटमा आयोजना गरेको ुउद्यमशिलता शिक्षामा मिडिया कार्यशाला गोष्ठीमा मन्तव्य व्यक्त गर्नुहुँदै महासङ्घका उपाध्यक्ष रामचन्द्र सांघाई । तस्बिर : रासस
अ+ अ-

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघईले उद्योगी व्यवसायीले आवश्यकता अनुसारको जनशक्ति पाउनै नसकेको गुनासो गरेका छन् । महासंघले उद्यमशीलताका लागि दक्षिण एशीयाली नेतृत्व सेलसँगको सहकार्यमा आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा संघइले सक्षम जनशक्तिको अभाव श्रम बजारका लागि चुनौतीका रुपमा रहेको बताए ।

उद्यमशीलताका लागि जीवन उपयोगी शिक्षा आवश्यक रहेको बताउदै संघईले सीपमूलक र प्राविधिक शिक्षामा जोड दिनुपर्ने उल्लेख गरे । सीप र प्रविधि भएको व्यक्तिको उद्यमशीलताबाट समाज र देश नै उद्यमशील बन्न सक्छ । यसरी मात्र देशको समृद्धि सम्भव छ संघईको भनाई थियो ।

हाम्रो समाज अझै पनि उद्यम गर्ने, सानै भए पनि लगानी गर्ने, व्यवसायिक बन्ने भन्दा पनि जागिरै खाने सोंचले ग्रसित रहेको बताउदै संघाइले यसको दोष विद्यमान शिक्षा प्रणाली नै भएको उल्लेख गरे । चालु आर्थिक वर्षको पाँच महिनामा मात्रै नेपालबाट विदेश अध्ययन गर्न जाने विद्यार्थीबाट २८ अर्ब ८१ करोड रूपैयाँ विदेशिएको आंकडा प्रस्तुत गर्दै संघईले यो अवस्था आउनुको मूल कारण देशभित्र्रै अवसर नहुनु रहेको बताए ।

यस्तो अवस्था रोक्न नेपाललाई शिक्षाको अन्तर्राष्ट्रिय हवका रुपमा विकशीत गर्नुपर्ने तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विश्वविद्यालयहरूलाई समेत नेपालमा आकर्षीत गर्न सक्नुपर्ने संघईको सुझाव छ । यसका लागि सरकार र निजि क्षेत्रको सहकार्य आवश्यक रहेको उनको भनाई छ ।