२३ चैत्र २०८१, शनिबार
April 5, 2025 Saturday

27.27°C

काठमाडौं

27.27°C

Kathmandu

Feels-like: 26.28

Wind: 4.12

Humidity: 21

Latest
सरकारले शिक्षकहरुका माग सम्बोधन गर्छ, उहाँहरु छिटै फर्किनुहुनेछः प्रधानमन्त्री ओली तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ, न्यायिक आयोगबारे विचार गर्छौंः प्रधानमन्त्री सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री मोदी आउन नभ्याउने परराष्ट्रमन्त्रीको पहलमा यसरी सम्भव भयो ओली मोदी भेट एकीकृत समाजवादीले देशभर विरोध प्रदर्शन गर्ने प्रधानमन्त्री ओली स्वदेश फिर्ता हङकङमा हुने टी–२० आई सिरिज खेल्ने नेपाली टोलीको घोषणा, सन्दीप र अनिल बाहिर प्रधानमन्त्री ओली स्वदेश फिर्ता वायु प्रदुषणले खतराको तह पार गर्यो, ‘मर्निङ वाक’ गरेर थप रोग ननिम्त्याऔँः डा.अजित श्रेष्ठ चैते दसैँमा बागलुङ कालिकामा भक्तजनको भिड
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट, क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा ईएमआई सुविधा



अ+ अ-

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन् ।

यससम्बन्धी सम्झौतामा बैंकका ट्रान्जेक्सन बैंकिङ्ग सेल्स तथा विजनेश प्रमुख प्रकाश पौडेल र समाज डेन्टल अस्पतालका प्रबन्ध निर्देशक शंकु घिमिरेले हस्ताक्षर गर्नुभएको छ ।

साथै, बैंकको क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १२ महिनासम्म किस्ताबन्दीमा भुक्तानी गर्न मिल्ने सेवा ९ईएमआई० समेत प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतानुसार बैंकका ग्राहकहरुले समाज डेन्टलमा बैंकको डेबिटरक्रेडिट कार्ड र ग्लोबल स्मार्ट प्लस मार्फत भुक्तानी गर्दा ओपीडी दर्ता शुल्क, डाक्टरको परामर्श शुल्क र अस्पतालको आजीवन सदस्यता शुल्कमा शतप्रतिशत छुट पाउनेछन् ।

यसका साथै, बैंकका ग्राहकहरुले एक्सरे बाहेकका सम्पूर्ण सेवा शुल्कमा एकमुष्ठ १० प्रतिशत छुट पाउनेछन् ।

किस्ताबन्दी सेवाअन्तर्गत बैंकका क्रेडिट कार्डवाहकले समाज डेन्टल अस्पतालमा उपचार बापत खर्च रु। १५,००० देखि अधिकतम रु। ५००,००० सम्मको बिलमा ६ देखि १२ महिनासम्मको सरल किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन् ।

यस्ता विभिन्न किसिमका सुविधाहरुको उपभोग गर्न इच्छुक महानुभावहरुले ग्लोबल आइएमई बैंकको जुनसुकै शाखाबाट आवेदन दिई बैंकको क्रेडिट कार्ड लिन सक्नेछन् ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठुलो वाणिज्य बैंक हो । बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्करवैदेशिक प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै लाभान्वित गरिरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भि󠄂त्र्याउन सहजता प्रदान गर्दै आएको छ ।